default_image

8 years ago

May 13, 2018

सेल्टाविरुद्ध रियलको फराकिलो जित

115 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले ला लिगा अन्तर्गतको खेलमा सेल्टा भिगोविरुद्ध ६-० को फराकिलो जित हासिल गरेको छ। घरेलु मैदानको अन्तिम ला लिगा खेलमा रियलकालागि ग्यारेथ बेलले दुई गोल गरे।

gareth bale

बेलले १३ औं र ३० औं मिनेटमा गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाएका थिए। त्यस्तै चोटबाट फर्किएका इसकोले ३२ औं मिनेटमा रियलका लागि तेस्रो गोल गरेका थिए।

दोस्रो हाफमा अचरफ हकिमीले ५२ औं मिनेटमा गोल गर्दै रियलको अग्रता थप मजबुद बनाएका थिए। त्यस्तै ७४ औं मिनेटमा सर्जी गोमेजको आत्माघाती गोलले रियललाई अर्को गोल दिलायो। टोनी क्रुसले ८१ औं मिनेटमा रियलका लागि छैटौं गोल दिलाएका थिए।

यो जितसँगै रियल म्याड्रिडको अंक तालिकामा ७५ अंक भएको छ। रेअल तेस्रो स्थानमा छ भने दोस्रो स्थानको एथ्लेटिको म्याड्रिडले पनि समान ३७ खेल खेल्दै ७८ अंक बनाएको छ। चौथो स्थानको भ्यालेन्सियाको ७० अंक छ। अन्य खेलमा भ्यालेन्सियाले जिरोनालाई १-० ले तथा एथ्लेतिकोले गेटाफेलाई १-० ले पराजित गरेका थिए।

खेलको हाइलाइट्स

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.