8 years ago
May 13, 2018
लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिग अन्तर्गत ब्राइटनलाई ४-० ले पराजित गर्दै लिभरपुलले आगामी सिजनका लागि च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ। लिभरपुलले लिगमा चौथो स्थानमा सिजन समाप्त गर्दै अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो। यो सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडको सामना गर्दैछ।

लिभरपुलका लागि मोहम्मद सलाह, डेजान लोभ्रेन, डोमिनिक सोलाङ्के र एण्ड्रेउ रोबर्ट्सनले गोल गरे। सलाहले २६ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए भने ४० औं मिनेटमा लोभ्रेनले लिभरपुलको अग्रता दोब्बर पारे। दोस्रो हाफमा सोलाङ्केले ५३ औं र रोबर्ट्सनले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई सहज जित दिलाए।
पाँचौ स्थानमा रहेको चेल्सीभन्दा अंक तालिकामा माथि अन्त्य गर्न लिभरपुललाई बराबरीमात्र काफी थियो। तर चेल्सी न्युकासल युनाइटेडसँग सिजनको अन्तिम खेलमा ३-० ले पराजित भएपछि पाँचौ स्थानमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगबाट बन्चित भएको हो। चेल्सीले युरोपा लिगमा प्रतिस्पर्धा गर्नेछ।
अन्तिम दिनको अन्य खेलमा आज टोटेनह्यामले लेस्टरलाई हाइ स्कोरिङ खेलमा ५-४ ले पराजित गरेपछि तेस्रो स्थानमा लिग अन्त्य गरेको छ। पहिलो स्थानमा म्यानचेस्टर सिटी, दोस्रोमा युनाइटेड, तेस्रो टोटेनह्याम र चौथो लिभरपुलले अर्को सिजन सोझै च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउने छन्।
त्यस्तै स्वान्सी सिटी, स्टोक र वेस्ट ब्रम इङ्लिस लिगको दोस्रो डिभिजनमा झरेका छन्।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]