8 years ago
May 14, 2018
मिलान (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत अाइतबार युभेन्टसले लगातार सातौं लिग उपाधि पक्का गरेको छ । एएस रोमासँग गोलरहित बराबरीमा रोकिएपछि युभेको उपाधि पक्का भएको थियो ।

युभेन्टसलाई लगातार पछ्याइरहेको नेपोलीले साम्पडोरियाेलाई २-० ले पराजित गरेपनि युभेले १ खेल बाँकी रहँदा ४ अंकको अग्रता लिएको हो । शीर्षस्थानमा रहेको युभेन्टस ३७ खेलमा ९४ तथा नेपोली ८८ अंकमा छन् ।
पछिल्लो पटक सन् २०१०-११ सिजनमा एसी मिलानले लिग जितेयता युभेन्टसले लगातार लिगमा कब्जा जमाउँदै अाएको छ । बुधबार इटालियन कपको उपाधि जितेको युभेले लगातार चौथो सिजन दोहोरो उपाधि हात पारेको हो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]