8 years ago
May 14, 2018
लिभरपुल (एजेन्सी) – गए राति ब्राइटनलाई लिभरपुलले ४-० ले हराउने क्रममा मोहम्मद सालाहले १ गोल गर्दै प्रिमियर लिगमा नयाँ रेकर्ड राखेका छन् । सो गोल सालाहको लिगमा ३२ औं गोल थियो ।
यस अघि प्रिमियर लिगमा एकै सिजनमा बढि गोल गर्ने रेकर्ड एलन शेयरर, क्रिस्टियानो रोनाल्डो र लुइस स्वारेजको नाममा संयुक्त रुपमा थियो । यी तीनै खेलाडीले एक सिजनमा ३१ गोल गर्न सफल भएका थिए । ३१ गोलमै अन्तिम गोल सुरुवात गरेका सालाहले एक गोल गर्दै नयाँ कीर्तिमान राखेका हुन् ।
३२ गोल गरेसँगै सालाहले प्रिमियर लिगको गोल्डेन बुट पनि जितेका छन् । विगत दुई सिजनको विजेता ह्यारी केन भने ३० गोलमा सीमित रहँदै दोस्रो स्थान हात पारे ।
नयाँ कीर्तिमान राख्न सकेकोमा आफू गरौवान्वित महसुस गरिरहेको सालाहले बताए । रोमाबाट यसै सिजन लिभरपुल आएका सालाहले आफ्नो राष्ट्र इजिप्टलाई विश्वकपमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । उनको यस सिजनको लय र प्रभावले उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई बलोन डि’ओरका लागि प्रतिस्पर्धा दिने अांकलन गरिएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]