8 years ago
May 14, 2018
गाईघाट (हाम्रो खेलकुद)– गत वर्षको सर्वाधिक दोस्रो सफल टोली रुस्लान थ्री स्टार क्लब पाँचौं रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङ ११ लाई सोमबार ४–१ ले हराउँदै थ्री स्टार अन्तिम चारमा प्रवेश गरेको छ ।
यो महिना माईभ्याली गोल्डकप विजेता थ्री स्टारले फाइनल प्रवेशका लागि रमपम झापा ११ को सामना गर्नेछ । थ्री स्टारको जितमा अजयी मार्टिनले २ तथा अनन्त तामाङ र रुपेश केसीले समान १ गोल गरे । मोरङका लागि एमबालाले गोल गरेका थिए ।
३२ औं मिनेटमा मार्टिनले गोल गर्दै थ्री स्टारलाई अघि बढाए । आफैले प्रहार गरेको बललाई रिवाउण्डमा मार्टिनले गोल गर्न सफल हुदा थ्री स्टार पहिलो हाफमा १–० ले अघि रहेको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफमा झनै सशक्त प्रदर्शन ग¥यो । ५२ औं मिनेटमा मोरङका विदेशी खेलाडी यमवालाले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।
५८ औं मिनेटमा मार्टिन्सले गोल गरेपछि थ्री स्टारले खेलमा पुनः २–१ को अग्रता बनायो । खेल सकिन ५ मिनेट बाँकी हुदा दुई गोल गरेपछि थ्री स्टारले मोरङमाथि ४–१ को सहज जित निकाल्यो । रुपेश केसीले ८५ औ मिनेट र अनन्त तामाङले ८७ औ मिनेटमा गोल गरेका थिए ।
खेल अवधिभर थ्री स्टार हावी भएको थियो । मोरङले पनि केही अवसर खेर फालेको थियो । थ्री स्टारका मार्टिन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद ७ हजार हात पारे ।
प्रतियोगिता अन्र्तगत मंगलबार विभागीय नेपाल पुलिस क्लब र सुनसरी–११ बीच खेल हुने प्रतियोगिता संयोजक किरण राईले जानकारी गराए । प्रतियोगिताको विजेताले ५ लाख रुपैयासहित शिल्ड र मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख ५० हजार पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयो पाउने आयोजकले जनाएको छ ।
उदयपुर गोल्डकपमा मंगलबारको खेल
पुलिसविरुद्ध सुनसरी ११
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]