8 years ago
May 14, 2018
पेरिस (एजेन्सी) – फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पुगेको पहिजो सिजनमा नै ब्राजिलियन स्टानर नेयमार बर्षको उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । चोटका कारण ३७ मध्ये २० खेलमात्र खेलेका नेयमार आइतबार साँझ पेरिसमा भएको एक समारोहमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यहि सिजनको सुरुवातमा विश्व कीर्तिमानी रकममा फ्रान्सको राजधानीमा रहेको पिएसजीसँग आबद्ध नेयमारले २० खेलमा १९ गोल गर्दै १३ असिस्ट गरेका थिए । पिएसजीले यो सिजन लिग वानसहित तीनवटा घरेलु उपाधि जितेको छ । फेब्रुअरीमा खुट्टामा चोट लागेयता नेयमार मैदान बाहिर छन् ।
अवार्ड समारोहमा नेयमारले टोलीका सबै सदस्यका कारण यो उपाधि जित्न सम्भव भएको बताए। अवार्ड पाएपछि उनले भने, ‘म निकै खुसी छु । मेरा टोलीका अन्य साथी विना यो सफलता सम्भव थिएन ।’
त्यस्तै पिएसजीबाट ट्रान्सफर हुने सन्दर्भमा भने नेयमार बोल्न चाहेनन् । भविष्यका बारेमा प्रश्न गर्दा नेयमारले भने, ‘हरेक ट्रान्सफर विन्डो नजिकिदा यस्तो प्रश्न गरिन्छ । सबैलाई मेरो क्लबसँगको उद्देश्य थाहा छ । म विश्व कपमा केन्द्रित हुन चाहन्छु । ट्रान्सफरको बारेमा बोल्न चाहन्न । ‘
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]