default_image

8 years ago

May 15, 2018

साविक विजेता स्पेन युरो यू-१७ बाट बाहिरियो

181 views

0 Bookmark

वालसल (एजेन्सी) – स्पेन इङ्ल्याण्डमा जारि यू-१७ युरो कपको क्वाटरफाइनलमा बेल्जियमसँग २-१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। खेलमा सुरुआति अग्रता लिएपनि जोगाउन नसक्दा प्रतियोगिताको साविक विजेताले अन्तिम ४ मा स्थान बनाउन असफल भएको छ। 

belgium win

स्पेनलाई खेलको ८ औं मिनेटमा एलेजान्द्रो बाहिना रोड्रिग्वेजले गोल गर्दै अग्रता दिलाएका थिए। बेल्जियमका योर्बे भेर्टेसनले ४१ औं मिनेटमा गोल गरेपछि पहिलो हाफ बराबरीमा अन्त्य भयो। दोस्रो हाफमा जेमी याई एम्पाईले ४९ औं मिनेटमा दिलाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउन सक्दा बेल्जियमले सेमिफाइनलमा स्थान बनाएको हो।

सोमबार रातीनै भएको अर्को खेलमा नेदरल्याण्डसले आयरल्याण्डलाई टाई ब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। ८० मिनेटको नियमित समयमा दुवै टोलीले १-१ को बराबरी खेलेपछि खेलको निर्यण पेनाल्टीमार्फत गरिएको हो। पेनाल्टीमा नेदरल्याण्डस ५-४ ले विजयी भएको हो।

सेमिफाइनलमा डच टोलीले आयोयक इङ्ल्याणडको तथा बेल्जियमले इटालीको सामना गर्नेछ। खेल १७ मे मा हुनेछ। इटालीले स्विडेनलाई तथा इङ्ल्याणले नर्वेलाई पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा स्थान बनाएको थियो।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.