default_image

8 years ago

May 15, 2018

‘नेयमार पेरिसमा खुसी छ्न् की छैनन् थाहा छैन’ – रोनाल्डो

130 views

0 Bookmark

पेरिस (एजेन्सी)– ब्राजिलियन महान खेलाडी रोनाल्डोको भनाईले पेरिस सेन्ट जर्मेन (पिएसजी) मा नेयमारको भविष्य थप शंकामा परेको छ । रोनाल्डोले भनेका छन्, ‘मलाई थाहा छैन, नेयमार पेरिसमा खुसी छन् की छैनन् । ‘

पिएसजीमा एक सिजन नबित्दै नेयमार पुनः स्पेन फर्कने चर्चा सुरु भएको छ । उनी अर्को सिजन रियल म्याड्रिड जाने व्यापक चर्चा चलेको छ । यति बेला भने नेयमार रसियामा हुने विश्व कपका लागि फिट हुने प्रयासमा छन् ।

नेयमार लिग वानको उत्कृष्ट खेलाडी घोषित हुँदै आइतबार रियलका पूर्व स्टार रोनाल्डोले नै उनलाई ट्रफी प्रदान गरेका थिए । दुई पटकका विश्वकप विजेता रोनाल्डोले आफ्ना देशका स्टार नेयमारको तारिफ गरे । रोनाल्डोको अभिव्यक्तिले नेयमारले पिएसजी छाड्न सक्ने सम्भावनालाई थप बल दिएको छ ।

‘नेयमारले फ्रान्स र लिग वानका लागि धेरै दिएका छन्,’ उनले भने, ‘क्षमतामा मात्र होइन एउटा ब्रान्डका रुपमा उनले धेरै चिज लिएर आए । अहिले विश्वभर पिएसजी र यहाँको लिगको कुरा गर्न थालेका छन् । उनी राम्रो खेलाडी हुन् र सबै उनका बारेमा कुरा गर्छन् ।’

नेयमार एक वर्षदेखि पेरिसमा रहेपनि चोट लाग्नु दुर्भाग्यपूर्ण भएको बताए ।’ मलाई थाहा छैन उनी यहाँ खुसी छन् की छैनन्,’ उनले भने, ‘तर जीवन अघि बढ्दै जान्छ । हामीले के हुन्छ त्यसका लागि कुर्नु पर्दछ ।’

नेयमार बार्सिलोनाबाट सिजनको सुरुवातामा १ सय ९८ मिलियन पाउन्डमा पिएसजी पुगेका थिए । उनले ३० खेलमा पिएसजीका लागि २८ गोल गरेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.