default_image

8 years ago

May 15, 2018

फुटबलर भरत १ महिना मैदान बाहिर रहने

133 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय टोलीका फरवार्ड तथा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले कम्तीमा एक महिना मैदान बाहिर रहनु पर्ने भएको छ ।

bharat khawas

फाइल तस्बिर

झन्डै डेढ बर्षअघि हातमा राखिएको स्टिल सोमबार निकालेपछि उनले कम्तीमा एक महिना आराम गर्नुपर्ने बताइएको छ । मलेसियामा डेढ बर्षअघि भएको एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको प्रशिक्षण दौरान उनको हात भाचिएको थियो । भाँचिएपछि शल्यक्रिया गर्दै उनको हातमा स्टिल राखिएको थियो ।

प्रशिक्षमा कमल श्रेष्ठसँग जुध्दा उनको हात भाँचिन पुगेका थिए । भरत त्यतिबेला शल्यक्रियाको तीन साता नबित्दै मैदान फर्केका थिए । सोलिडारिरटी कप जित्दा भरत टोलीका महत्वपूर्ण सदस्य थिए । समूह चरणको खेलमा उनले ब्रुनाईविरुद्ध गोल पनि गरेका थिए ।

त्यसपछि पनि भरत घरेलु नकआउट प्रतियोगितामा निरन्तर खेले । गत साता सम्पन्न दमक गोल्डकपमा भरतको कप्तानीमा रहेको आर्मी सेमिफाइनलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीसँग टाइब्रेकरमा पराजित भएको थियो । अहिले जारी उदयपुर गोल्डकपमा भने आर्मी सहभागि छैन ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.