8 years ago
May 15, 2018
गाईघाट (हाम्रो खेलकुद) – दमक गोल्डकप विजेता नेपाल पुलिस क्लब रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमै स्तब्ध भएको छ । थरुहट रंगशाला गाईंघाटमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनलमा पुलिस सुनसरी–११ सँग पेनाल्टी सुटआउटमा ३–२ ले पराजित भएको हो ।
निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी सुटआउटमा गोलरक्षक विनय श्रेष्ठले पुलिसका तीन प्रहार रोक्दै सुनसरीलाई सेमिफाइलमा पु¥याए । उनले सुमन लामा, विक्रम धिमाल र दिनेश राजवंशीको प्रहार रोके ।
पुलिसका रेनिज सुब्बा र अभिषेक रिजाल मात्र गोल गर्न सफल भए । सुनसरीका अनिल धिमाल, बुद्धिमान राई र निशान लिम्बुले गोल गरे । निर्धारित समयमा पुलिसले सुरुवाती अग्रता लिएपनि एक समय ३–१ ले पछि परेको थियो । खेलको छैटौ मिनेटमा राम वाजीको गोलबाट पुलिसले अग्रता लिएको थियो ।
सौजन याक्खाले २३ औं मिनेटमा सुनसरीका बराबरी गोल गरे । ४३ औं मिनेटमा तीर्थ बस्नेतले गोल गरेपछि सुनसरीले पहिलो हाफमा २–१ को अग्रता बनायो । ६४ औं मिनेटमा रोमन लिम्बुले फ्रिकिकमा सुन्दर गोल गरेपछि सुनसरी ३–१ ले अघि बढेको थियो । तर, पुलिसले ३–१ ले पछि परेपनि उत्कृष्ट कमब्याक गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएर अतिरक्त समय हुदै पेनाल्टी सुटआउटसम्म पु¥याएका थिए ।
८० औं मिनेटमा अभिषेक रिजालले गोल गरेपछि खेल ३–२ को अवस्थामा पुगेको थियो । त्यसपछि पनि हार नखाएको पुलिसका लागि कप्तान विक्रम धिमालले इन्जुरी समयमा गोल गरेपछि खेल ३–३ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि थपिएको समयमा गोल भएन । सुनसनरीका गोलकिपर विनय म्यान अफ दी म्याच घोषित भए र उनले ७ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा बुधवार थ्री स्टार क्लब र झापा–११ बीच सेमिफाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]