default_image

8 years ago

May 17, 2018

मेस्सी – ‘नेयमार रियल जानु बार्सिलोनालाई झट्का ‘

223 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी पूर्व सहकर्मी नेयमार रियल म्याड्रिडसँग आबद्ध भएको हेर्न नचाहेको बताउँछन्। 

messi neymar

अर्जेन्टिनी टेलिभिजन टिवाईसी स्पोर्ट्ससँग बोल्दै मेस्सीले नेयमार रियलसँग आबद्ध भए रियल म्याड्रिड बलियो हुने बताए । “नेयमार बार्सिलोनाका लागि निकै महत्वपूर्ण खेलाडी थिए । त्यसैले उनी रियलसँग अनुबन्धित भएमा बार्सिलोनाका लागि यो राम्रो हैन । “

“नेयमारले यँहा थुप्रै ट्रफी जिते।  च्याम्पियन्स लिग, ला लिगा लगायतका सबै उपाधि उनले बार्सिलोनाबाट जितेका छन् । उनी रियल गएका क्लब थप बलियो हुनेछ । त्यो हामीलाई ठूलो झट्का हुनेछ।”

त्यस्तै मेस्सीले रियलका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई प्रतिस्पर्धाको रुपमा नहेर्ने बताए, “म रोनाल्डोलाई प्रतिस्पर्धाको रुपमा हेर्दिन । मलाई हरेक सिजन लिग, च्याम्पियन्स लिग र सबै ट्रफी जित्न मन हुन्छ, त्यसैको लागि मेहेनत गर्छु ।”

टिवाईसी स्पोर्ट्ससँग मेस्सीले विश्वकपको बारेमा पनि बोल्दै अर्जेन्टिनाले कम्तीमा सेमिफाइनलसम्मको यात्रा तय गर्नुपर्ने बताए । “विश्व कपमा सफलताका लागि हामीले कम्तीमा सेमिफाइनलसम्म स्थान बनाउन सक्नुपर्छ, हामी रुसमा च्याम्पियन बन्न चाहन्छौं।”

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.