8 years ago
May 16, 2018
गाईंघाट (हाम्रो खेलकुद)- रूस्लान थ्री स्टार क्लब उदयपुर गोल्डकपको पाँचौ रमपम उदयपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

थरुहट रंगशालामा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा रमपम झापा–११ लाई १–० ले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको अन्तिम दुईमा पुग्न सफल भएको हो । थ्री स्टारलाई फाइनलमा पुर्याउन विदेशी खेलाडी अजायी मार्टिन्सले दोस्रो हाफमा गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।
५५ औं मिनेटमा रजिन धिमालले क्रस गरेको बललाई मार्टिन्से हेडमार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा मार्टिन्सको गोल नै निर्णायक बन्यो । झापा विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका पिटर सेगुन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ७ हजार पाए ।
प्रतियोगिता अन्र्तगत बिहिबार मनाङ–मस्र्याङ्दी क्लब र सुनसरी–११ बीच खेल हुने छ । रमपम उदयपुर गोल्डकपको बिजेताले ५ लाख र उपबिजेताले ३ लाख ५० हजार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैया पाउनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]