default_image

8 years ago

May 17, 2018

मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी

152 views

0 Bookmark

जोहानसबर्ग (एजेन्सी) – बार्सिलोनाले मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकी क्लब ममेलोडी सनडाउन्सलाई ३-१ ले पराजित गरेको छ। ला लिगामा लेभान्तेसँग पराजित टोलीमा विश्राम पाएका सुपरस्टार लियोनल मेस्सी यस खेलमा भने दोस्रो हाफमा खेलेका थिए। 

sundowns

दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको खेलमा औसमाने डेम्बेलेले बार्सिलोनालाई तेस्रो मिनेटमै अग्रता दिलाए। डेनिस स्वारेजको पासमा लुइस स्वारेजले १९ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा दुई गोलको अग्रता दिलाए।

दोस्रो हाफमा ११ खेलाडी परिवर्तन गर्दा पनि मेस्सीलाई मैदानमा नाभित्राउँदा जोहानसबर्गका समर्थक दुःखी देखिएका थिए तर  प्रशिक्षक भाल्भर्देले उनलाई अन्तिम १५ मिनेट खेलाएका थिए। आन्द्रे गोमेजले ६६ औं मिनेटमा बार्सिलोनालाई तेस्रो गोल दिलाए र ७६ औं मिनेटमा सुबुसिसो भिलाकाजीले नतिजा ३-१ बनाएपछि मेस्सी मैदान प्रवेश गरेपनि उनको उपस्थितिले स्कोर परिवर्तन गरेन।

हाइलाइट्स

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.