8 years ago
May 17, 2018
लियोन (एजेन्सी) – मार्सेलाई फाइनलमा ३-० ले पराजित गर्दै एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ। एट्लेटिकोको जितमा एन्टोनियो ग्रिजमानले दुई गोल गरे।

खेलको २१ औं मिनेटमा फ्रान्सेली क्लब मार्सेका मिडफिल्डर जाम्बो एङ्गुसियाले पोसेसन गुमाएपछि गाबीले ग्रिजमानलाई मिलाएको पासमा उनले बाँया खुट्टाको प्रहार मार्फत गोल गर्दै स्पेनिस क्लबलाई अग्रता दिलाए।
दोस्रो हाफको सुरुआती चौथो मिनेटमा ग्रिजमानले पुनः गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर गरे। मिडफिल्डमा बल जित्दै कोकेसँग पास मिलाएका उनले मार्सेका किपर स्टिभ माण्डनामाथि चिप गर्दै उत्कृष्ट गोल गरेका थिए।
खेलमा नियन्त्रण राखेको एट्लेटिकोका लागि ३४ वर्षे स्पेनिस मिडफिल्डर गाबीले ८९ औं मिनेटमा गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गरे।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]