8 years ago
May 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व फुटबलर ‘चाचाजी’ अर्थात अशोक केसीलाई नेपाल खेलकुद पत्रकार मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ ।

मञ्चले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरेको १५ औं संस्करणको एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्डको अवसरमा केसीलाई सम्मानित गरेको हो ।
आफ्नो पालामा उनी टुकुचा वारी र पारीबीचको प्रतिस्पर्धाले रंगशालालाई रणसंग्राम बनाउने बेलाका सेलिब्रिटी फुटबलर थिए । फुटबलसँगै क्रिकेटमा पनि अशोकको प्रभाव उत्तिकै थियो । काठमाडौं खेल मण्डलको टोलीबाट उनी ब्याट लिएर क्रिजमा उत्रिँदा होस वा आफ्नो टिमबाट फुटबलको मैदान उत्रिँदा विपक्षीमात्र होइन, समर्थक पनि कायल हुन्थे । क्रिकेट र फुटबलमा हथौडी उत्तिकै अब्बल भएपनि उनमा फुटबलमै बढी लगाव रह्यो । गोलकिपरवाहेक सबै १० पोजिसनमा उत्तिकै खरो प्रदर्शन गर्न सक्ने भए पनि चाचाजीको दख्खल गोल गर्नमा बढि थियो । बाइसाइकल किकबाट गोल गर्नेमा त महारथ नै प्राप्त थियो ।
काठमाडौंको टेबहालमा जन्मे हुर्केका केसीको दैनिकी टुँडिखेलमा फुटबल खेलेर सुरु हुन्थ्यो । झमक्क साँझ नपरेसम्म त्यहाँको धुलो उडाएरै दैनिकीले विराम पाउथ्यो । वाल्यकालमा अझ ठूलाहरुले खेल्दा आफू पोस्टपछाडि बसेर आउट भएको बल हान्दै केसीको फुटबल करियर सुरु भएको थियो । टुँडिखेलको धुलोमा नजानिकनै सुरु भएको करियरले उनलाई देशकै धुरन्धर स्ट्रइकरको दर्जासम्म पुर्यायो । यसक्रममा उनी एनआरटी हुँदै तत्कालिन महारथी ब्वाइज युनियन र नेपाल पुलिस क्बलको मुख्य खेलाडीका रुपमा रहे । घरेलु फुटबलमा उनले गोल नगरेका कुनै प्रतिद्धन्द्धी र खेल हुँदैनथे । १८ वर्षको करियरमा नजितेका उपाधि पनि केही थिएनन् ।
राष्ट्रिय टोलीमा पहिलो पुस्ताका खेलाडी केसीले १९८२ मा भारतमा भएको एसियाली खेलकुदमा भाई पुस्तासँग पनि खेले । नेपालले खेलेको पहिलो आधिकारिक प्रतियोगितामा उनको भूमिका रक्षकका रुपमा विपक्षीका आक्रमण जोगाउने थियो । आक्रमणको धार आफैमा तेजिलो भए पनि उनले रक्षकको भूमिकालाई पुर्ण रुपमा न्याय गरेका थिए ।
नेपाल पुलिसको टिमबाट खेल्दा एकपटक दोहोरो ह्याट्रिक गरेको खेल र क्रिकेटमा केकेएमबाट ९६ रन बनाउँदाको क्षण भने उनको मानसपटलमा अझै उत्तिकै गाढा छ ।
डिप्रेसनले स्मरणशक्ति गुमाए पनि उनले फुटबल हान्ने कला विर्सेका छैनन् । कसरी हान्नुपर्छ भनेर सिकाउन विर्सेका छैनन् । आखिर फुटबल त उनको दिमागले रोजेको खेल थिएन । मनले रोजेको थियो । रतगमै फुटबल थियो । रगतमा सधै बगिरहने चिज दिमाग कमजोर हुँदैमा कसरी विर्सनु । त्यसैले अहिले सबथोक भुल्दा पनि केसीले एन्फा एकेडेमीको सातदोबाटो मैदान जान विर्सेका छैनन् । मुटु, उच्च रक्तचाप, सुगर, डिप्रेसनलगायत थुप्रै रोगले थलिएका उनको मुटुको शल्यक्रिया भएको धेरै भएको छैन । डाक्टरले दौडधुप नगर्नु भनेका छन् । तर सातदोबाटो गएर वच्चाहरुलाई फुटबल नसिकाई मन मान्दैन । नियमित पुगिरहन्छन् । रोगले थलिएको ६४ वर्षको शरिर पनि फुटबल मैदान र खेलाडी देखेपछि केटौलो हुन्छ ।
अचिभेमेन्ट अवार्डसँगै उनले ५० हजार रुपैया र गिफ्ट ह्याम्पर प्राप्त गरे ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]