default_image

8 years ago

May 17, 2018

मनाङको भेट थ्री स्टारसँग

97 views

0 Bookmark

उदयपुर (हाम्रो खेलकुद) – उदयपुरमा जारी पाँचौं रमपम गोल्ड कप २०७५ प्रतियोगितामा उपाधिका लागि लालितपुरको रुस्लान थ्री स्टार क्लब र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुने भएको छ ।

थरुहट रंगशाला उदयपुरमा जारी पाँचौ रमपम गोल्डकप फुटबल प्रतियोगितामा बिहीवार भएको अन्तिम सेमिफाईनल खेलमा सुनसरी ११ लाई ३–२ ले हराउँदै मनाङ मस्र्याङदीले फाइनलमा थ्री स्टारसँगको भेट पक्का गरेको हो । थ्री स्टारले झापा–११ लाई १–० ले पराजित गर्दै यसअघि नै फाइनलमा स्थान बनाएको थियो ।

बिहिवारको खेलमा सुनसरी ११ ले गरेको गल्तीले मनाङलाई फाइदा भएको छ । १० औं मिनेटमा सुनसरीका रमेश राजवंशीको आत्मघाती गोलबाट मनाङले अग्रता बनाएको थियो । २३ औं मिनेटमा मनाङका भिक्टरले १ गोल थप गर्दै खेल २–० को अग्रतामा रह्यो । २७ औं मिनेटमा मनाङले डि–बक्समा हातले बल छोएपछि सुनसरीले पेनाल्टीको मौका पाएको थियो जसलाई सुनसरीका निशाल लिम्बुले गोल गर्दै खेल २–१ को अन्तरमा पुर्‍याए ।

६४ औं मिनेटमा सुनसरीका सौजन आख्याले गोल गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएका थिए । सुनसरीको खेलाडीको खेल आक्रमक भएपनि ७५ औं मिनेटमा मनाङका विमल रानाले १ गोल गर्दै खेल ३–२ को अग्रतामा ल्याएका थिए । सुनसरीले पाँच वटा गोल गर्ने मौका गुमाएपछि फाइनलको यात्रालाई बिट मार्न पुग्यो । खेलको ‘म्यान अफ द म्याच’ मनाङका डोना थापाले पाए । उनले नगद ७ हजार पनि हात पारे ।

उपाधिका लागि शनिबार हुने फाइनल रुस्लान थ्री स्टार क्लब ललितपुर र मनाङ्ग मर्स्याङ्दी बीच हुनेछ । थ्री स्टार क्लबले उदयपुर गोल्ड कपको दोश्रो र तेश्रो संस्करणको उपाधि उचाली सकेको छ । पाँचौ संरकरणको रमपम उदयपुर गोल्ड कप विजेताले ५ लाख र उपविजेताले ३ लाख ५० हजार पाउने मुल आयोजक कमिटीका संयोजक किरन राईले बताए । त्यसैगरी खेल अबधि भरको उत्कृष्ट खेलाडीलाई रु ५० हजारको पुरस्कार राशि रहेको मुल आयोजक कमिटीका संयोजक राईले जानकारी दिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.