default_image

8 years ago

May 18, 2018

दाबेदार फ्रान्सको विश्वकप टोली घोषणा, केही ठूला नाम परेनन्

126 views

0 Bookmark

पेरिस (एजेन्सी) – विश्वकप २०१८ को दाबेदार मानिएको फ्रान्सले गए राति आफ्नो अन्तिम २३ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडियर डेस्क्याम्पले केही ठूला नामलाई टोलीमा समावेश गरेका छैनन् ।

अन्तिम २३ मा समावेश नहुने नामहरुमा म्यानचेस्टर युनाइटेडका एन्थोनी मार्सियाल र आर्सनलका एलेक्जान्डर लाकाजेट रहेका छन् । युरोपा लिगको फाइनलमा घाइते भएका डिमिट्रि पायेट पनि टोलीमा छैनन् ।

त्यस्तै अघिल्लो महिना मात्र चोटबाट फर्केका म्यानचेस्टर सिटीका बेन्जामिन मेन्डीले भने आफ्नो स्थान सुरक्षित पाएका छन् । बायर्न म्युनिखका किङ्सली कोमान र पिएसजीका एड्रियन राबियोट पनि विश्वकप टोलीमा नाम बनाउन विफल रहे ।

फ्रान्स समूह ‘जी’मा अष्ट्रेलिया, पेरु र डेन्मार्कसँग रहेको छ ।

फ्रान्सको विश्वकप टोली:

गोलकिपर- ह्युगो लोरिस, स्टेभ मान्डाना, एल्फोन्से एरिओला

डिफेन्डर– लुकास हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, बेन्जामिन मेन्डी, बेन्जामिन पाभार्ड, आडिल रामि, जिब्रिल सिडिबे, सामुयल उम्टिटि, राफायल भरान

मिडफिल्डर– एन्गोल कान्टे, ब्लायस माटुइडी, स्टेभेन एन्जोन्जी, पल पोग्बा, कोरेन्टिन टोलिसो

फरवार्ड– उस्माने डेम्बेले, नबिल फेकिर, ओलिभर जिरु, एन्टोइन ग्रिजम्यान, थोमस लेमार, किलियन बाप्पे, फ्लोरियन थभिन

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.