8 years ago
May 18, 2018
लण्डन (एजेन्सी) – लामो अवधिसम्म आर्सनलको प्रशिक्षकको जिम्मेवारी बोकेका आर्सन वेंगरले आर्सनल छोडे यता सो पद खाली रहेको छ । विगत केहि हप्तादेखि कैयौं नाम अगाडी आए पनि आर्सनलका पूर्व खेलाडी मिकेल आर्टेटा सो जिम्मेवारी लिनेमा अगाडी देखिन्छन् ।
आर्सनलको बोर्ड कमिटी पनि आर्टेटालाई प्रशिक्षकको रुपमा हेर्न चाहेको खबर आएको छ । आर्टेटालाई सुरुमा खर्च गर्न ५० मिलियन खर्चिन दिने बताइएको छ ।
मिकेल आर्टेटा आर्सनलका पूर्व कप्तान पनि रहिसकेका छन् । उनले सन् २०११ बाट २०१६ सम्म आर्सनलमा खेलेका थिए । आफ्नो खेलाडी जीवन टुङ्ग्याएपछि आर्टेटाले प्रशिक्षकको जिम्मेवारी अंगालेका थिए । उनलाई म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डियोलाले आफ्नो सहायकका रुपमा २ वर्ष सँगै राखेका थिए । गत सिजन सिटीले प्रिमियर लिग उपाधि जित्दै दर्जनभन्दा बढी कीर्तिमान तोड्न सफल रहेको थियो ।
आर्सनलका मालिकहरुले यही साता क्लबका लेजेन्ड थिएरी हेनरीसँग प्रशिक्षकका रुपमा आर्टेटा ठिक होलान् वा नहोलान् भन्ने सल्लाह लिई विश्वकप अगाडी नै प्रशिक्षक नियुक्त गर्ने विभिन्न श्रोतहरुले जनाएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]