default_image

8 years ago

May 19, 2018

आयोजक सनसाइन महिला कपको सेमिफाइनलमा

136 views

0 Bookmark

सबिन लिम्बु(सेर्मा)
झापा – प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा आयोजक टोली विजयी भएको छ । ज्यामिरगणीमा शनिबार भएको खेलमा सनसाइनले जलथल महिला टोलीलाई २–० ले हराएको छ ।

जितसँगै सन साइन सेमिफाइनलमा पुगेको छ । आयोजक टोलकिा लागि सम्झना लावती र रोमा भुजेलले गोल गरे । सम्झनाले १७ औं मिनेटमा वान भर्सेस वानमा गोल गरिन् । रोमाले इन्जुरी समयमा गोल गरेकी थिइन् । रोमा वमन अफ दी म्याच बनिन् । उनले १ हजार रुपैयाँ र एक कार्टुन बाबा तेल पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगितामा आइतबार पारिजात एफसी र कनकाइ स्पोर्टस् एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजक क्लबकी अध्यक्ष अष्मिता खवासले जानकारी दिइन् । प्रतियोगिताको उद्घाटन मेची नगरपालिकाकी उपमेयर मिना उप्रेतीले गरिन् ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले प्रतियोगिताको सफलताका लागि शुभकामना दिए । १२ गते सम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.