default_image

8 years ago

May 24, 2018

इनियेस्टा जापानीज क्लबमा आबद्ध

91 views

0 Bookmark

कोब (एजेन्सी) – सफल मिडफिल्डर आन्द्रे इनियेस्टा जापानीज क्लब भिसेल कोबेमा आबद्ध भएका छन् । ३४ वर्षे स्पेनिस मिडफिल्डरले जे लिगको क्लबसँग केहि वर्षको सम्झौता गरेको बताइएको छ ।

messi iniesta

बार्सिलोनामा रहँदा लियोनल मेस्सीसँगै इनियेस्टा (दायाँ) ।

सानै उमेरदेखि बार्सिलोनामा आबद्ध इनियेस्टाले २२ वर्षे खेल जीवनको पूर्णविराम लगाउँदै क्लब छाडेका थिए । बार्सिलोनाको जर्सीको प्रायोजक राकुटेनको कारणनै उनको जापानीज क्लबमा सम्झौता सम्भव भएको बताइएको छ । राकुटेनका प्रमुख कार्यकारी अधिकृत हिरोशी मिकितानीसँगको मित्रताकै कारण उनी जापानीज क्लबमा आबद्ध भएको विश्वास गरिएको छ ।

सम्झौतापछि विज्ञप्ती जारी गर्दै राकुटेनले भनेको छ,‘ इनियेस्टाले बार्सिलोनामा आफ्नो खेल जीवनलाई अघि बढाएका थिए । युवा खेलाडीका लागि क्लबमा बेग्लै खाले लिग प्रणाली छ । उनको आबद्धताले भिसेल कोबेले समर्थक बढाउने भन्ने मात्र नभई विश्वस्तरीय खेलाडीको आगमनले फुटबल विकासका लागि र युवा पुस्तालाई प्रेरणा मिल्छ भन्ने विश्वास गरेका छौं ।’

एसियाकै उत्कृष्ट क्लब मध्ये बन्ने लक्ष्य लिएको कोबेमा इनियेस्टाको आगमनले जापान र एसियाकै फुटबललाई हौसला मिल्ने विश्वास लिएको छ । इनियेस्टाले बार्सिलोनाका लागि ६ सय ७४ खेल खेलेका थिए ।

उनले आइतबार रियल सोसिडाडविरुद्ध बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिए । कोबेमा आर्सनल र बायर्न म्युनिखका पूर्व स्ट्राइकर लुकास पोडोलोस्की पनि रहेका छन् । पोडोलोस्कीले गत सिजन क्लबको कप्तानी गरेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.