8 years ago
May 24, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका सुपर स्टार मोहम्मद साहालले रमदानको उपवासलाई शनिबार रियल म्याड्रिडविरुद्ध हुने च्याम्पियन्स लिग फाइनल अघि पनि कायम राख्ने भएका छन् । खेल सुरु हुने एक घन्टा अघि पनि उनले केहि नखाने बताइएको छ । मुस्मिल धर्म मान्नेले मे १६ बाट रमदान उपवास बस्दै आएका छन् । इजिप्टसियन साहाल पनि त्यसमध्येका एक हुन् ।
सूर्य नअस्ताउँदासम्म एक महिना मनाइने रमदानका ब्रतालुले खानपिन र धुम्रपान गर्दैनन् । खेल जीवनकै महत्वपूर्ण खेल भएपनि साहालले ब्रत तोड्ने प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।
फाइनल हुने किभ सहरमा फाइनल सुरु हुनुभन्दा आधा घन्टा अघि मात्र सूर्य अस्ताउने अपेक्षा गरिएको छ । त्यस समयमा भने सालाहलाई केहि खान दिइने अनुमान छ । यद्दपी उनी भने उपवासले आफ्नो प्रदर्शनमा कुनै प्रभाव नपर्नेमा विश्वस्त छन् । उनी टोलीलाई छैटौं युरोपियन ट्रफी जिताउनमा प्रतिबद्ध छन् ।
लिभरपुलबाट यो सिजन सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा सबै खेलमा गरेर उनले ४४ गोल गरिसकेका छन् । यो सिजन उनले प्रिमियर लिगको उत्कृष्ट खेलाडिको अवार्ड पनि जितिसकेका छन् । लिभरपुललाई उपाधि दिलाउन सके दश वर्षयता बालोन डी’ओरमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको दबदबालाई सालाहले तोड्ने अपेक्षा पनि गरिएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]