8 years ago
May 24, 2018
सबिन लिम्बु (सेर्मा)
झापा– पारिजात महिला फुटबल क्लब झापामा जारी प्रथम सनसाइन महिला कप झापा जिल्ला स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ज्यामिरगणीमा बिहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनलमा जुनतारा महिला फुटबल क्लब खुदुनाबारीलाई ३–१ ले हराउँदै अन्तिम दुईमा पुगेको हो ।
पारिजातले शनिबार आयोजक सनसाइन महिला फुटबल क्लबसँग फाइनल खेल्नेछ । बिहिबार निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरमा गएको थियो । पारिजातका लागि खुसी राई, समिक्षा गिरि, कप्तान दिक्षा चौधरीले गोल गरे ।
एलिना नेपालीको प्रहार जुनताराकी गोलपिकरले रोकिएन् । त्यस्तै जुनु मगरको प्रहार बाहिरिएको थियो । जुनताराका लागि यमुना अधिकारीले मात्र गोल गर्न सकिन् । रिता गजमेरको प्रहार पारिजातकी गोलकिपरले रोकिन् । ममता राउत र मनीषा बिष्ट को प्रहार बाहिरिएको थियो ।
विजेता टोलीकी दिक्षा उमन अफ दि म्याच घोषित भइन् र उनले १ हजार रुपैयाँका साथै ५ लिटर बाबा तेल प्राप्त गरिन् । प्रतियोगिताको विजेता ५५ हजार र दोस्रो हुने टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]