8 years ago
May 25, 2018
साउ पाउलो (एजेन्सी)– नेयमार रियल म्याड्रिड गएको खण्डमा क्रिस्टियानो रोनाल्डोसँग खेल्न सहज हुने ब्राजिलका पूर्व महान खेलाडी रोनाल्डोले बताएका छन् । बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको केहि समयपछि नै नेयमारले क्लब छाड्न चाहेको चर्चा सुरु भएको थियो ।
कतिपयले नेयमारले बालोन डी ओर अवार्डमा दाबेदारी प्रस्तुत गर्नका लागि पनि रियल जानुपर्ने तर्क गर्दै आएका छन् । बार्सिलोनामा लियोन मेस्सीको छायाँमा परेका बताइएको नेयमार रियलमा जाँदा रोनाल्डोको छायाँमा पर्ने पनि कतिपयको भनाई छ ।
कतिपय सञ्चारमाध्यमले भने नेयमारले पेरिसमा सहज नमानेकोले अर्को सिजन क्लब छाड्न सक्ने अनुमान पनि गरेका छन् । यदि त्यस्तो भएका उनको गन्तव्य रियल हुने धेरैको विश्वास छ । रियल र बार्सिलोना दुवैबाट खेलेका ब्राजिलियन रोनाल्डोले नेयमारलाई रोनाल्डोसँग लय मिलाउन कठिन नहुने बताएका छन् ।
‘क्रिस्टियानो र नेयमारबीच तामेल हुनेछ,; रोनाल्डोले भने, ‘दुवै जना उत्कृष्ट खेलाडी हुन् । अलग भन्दासँगै हुँदा झन राम्रो हुन्छ । यदि कुनै समय नेयमारले पिएसजी छोड्ने मन बनाए भने रियल पनि उनलाई लान तयार हुनेछ ।’
तत्काल रियलले अन्य खेलाडी भित्राउने विषयमा पनि प्रयास गरेको छैन । क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पनि ब्राजिलयन स्टारको समर्थक रहँदै आएका छन् र उनलाई भित्राउन इच्छुक रहेको बताइएको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]