8 years ago
May 26, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको खण्डमा टोलीका पूर्व खेलाडी फिलिप कौटिन्होले पनि पदक पाउने छन् । विजेता टोलीले ४० वटा पदक पाउनेछ । लिभरपुल र रियल म्याड्रिडबीच आज च्याम्पियन्स लिग फाइनल हुँदैछ ।
च्याम्पियन्स लिगको समूह चरणमा लिभरपुलको उच्च प्रदर्शनमा कौटिन्होको पनि भूमिका महत्वपूर्ण रहेको थियो । जनवरीमा ठूलो रकममा उनी बार्सिलोनामा आबद्ध भएका थिए । च्याम्पियन्स लिगको समूह चरणमा लिभरपुलबाट ५ खेल खेल्ने क्रममा काउटिन्हाले ५ गोल गर्नुका साथै २ असिस्ट गरेका थिए । त्यसैले पनि क्लबले जितेको खण्डमा पदक दिने निर्णय पूर्व खेलाडीको सम्मानका रुपमा हेरिएको छ ।
पाँच वर्षअघि लिभरपुलमा आबद्ध ब्राजिलियन स्टार छाड्ने बेलासम्म क्लबको ठूलो सम्पत्तीका बनिसकेका थिए । सबै प्रतियोगितामा गरि लिभरपुलका लागि २ सय खेल खेलेका उनले ५४ गोल गर्नुका साथै थुप्रै असिस्ट गरेका थिए । उनको यो प्रदर्शनले क्लबको महान खेलाडीको सुचिमा राख्न पर्याप्त हुने कतिपयको तर्क छ ।
लिग वा अन्य प्रतियोगितामा टोली असफल हुँदा पनि कौटिन्होको व्यक्तिगत प्रदर्शनबाट भने लिभरपुलका समर्थक खुसी नै रहने गरेका थिए । यदि लिभरपुलले फाइनल जित्यो भने कौटिन्होसँग यो सिजन तीन वटा पदक हुनेछन् ।
बार्सिलोनाले यो सिजन कोपा डेल रे र ला लिगा जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य रहेका छन् । उनीसँग यहि वर्ष अर्को सफलता दिलाउने टोलीको सदस्य बन्ने सम्भावना पनि बाँकी छ । रसियामा हुने विश्व कपमा यदि ब्राजिलले जित्न सकेको खण्डमा काउटिन्होका लागि विशेष वर्ष पक्कै हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]