8 years ago
May 26, 2018
किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ।
फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ।
यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहनेछ। लिभरपुलले भने ११ वर्षमा पहिलो पटक फाइनल खेल्दैछ।
प्रशिक्षक जिदानका लागि सबै ठूला खेलाडीहरु फिट रहेका छन् । सिजनको अन्तिम खेलमा गोलपोस्टमा लुका जिदान र अग्रपंक्तिमा ग्यारेथ बेल सुरुवात गरेका थिए । आजको महत्त्वपूर्ण फाइनल खेलमा भने केलर नाभास र करिम बेन्जेमाले नै लगभग पक्का रहेको छ ।
रियल म्याड्रिड सम्भावित ११:
गोलकिपर: केलर नाभास
डिफेन्डर: ड्यानी कार्जाभाल, राफायल भरान, सर्जियो रामोस, मार्सेलो
मिडफिल्डर: टोनी क्रुस, क्यासेमिरो, लुका मोड्रिच
फरवार्ड: इस्को, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]