default_image

8 years ago

May 26, 2018

रियल विरुद्ध लिभरपुल – समय, प्रसारण र अन्य जानकारी

182 views

0 Bookmark

कियभ (एजेन्सी) – युएफा च्याम्पियन्स लिगको आजको फाइनल खेलमा साविक विजेता स्पेनिस टोली रियल म्याड्रिड र इंग्लिस टोली लिभरपुल भिड्दै छन् ।

salah ronaldoफुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल आज युक्रेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ । लिभरपुलले ५ पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ ।

यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहनेछ । लिभरपुलले भने ११ वर्षमा पहिलो पटक फाइनल खेल्दैछ ।

प्रशिक्षक जिदानका लागि सबै ठूला खेलाडीहरु फिट रहेका छन् । सिजनको अन्तिम खेलमा गोलपोस्टमा लुका जिदान र अग्रपंक्तिमा ग्यारेथ बेल सुरुवात गरेका थिए । आजको महत्त्वपूर्ण फाइनल खेलमा भने केलर नाभास र करिम बेन्जेमा खेल्ने नै लगभग पक्का रहेको छ ।

लिभरपुलका लागि डिफेन्डर जोएल माटिप, अलेक्स अल्सेड-चेम्बर्लेन र जो गोमेज घाइते रहेका छन् । एम्रे च्यान र जेम्स मिल्नर सामान्य घाइते रहे पनि आजका लागि फिट रहेका छन् । एडम लालाना पनि प्रशिक्षक जर्जेन क्लपका लागि उपलब्ध रहेका छन् । तर च्यान र लालाना भने बेन्चमै सुरुवात गर्ने देखिन्छ ।

लिभरपुल सम्भावित सुरुवाती ११

Salah Liverpool

गोलकिपर: लोरिस केरियस

डिफेन्डर: ट्रेन्ट एलेक्जान्डर-आर्नोल्ड, डेजान लोभ्रेन, भर्जिल भ्यान डाइक, आन्द्रिउ रोबर्ट्सन

मिडफिल्डर: जेम्स मिल्नर, जर्जिनियो वाइनल्डम, जोर्डन हेन्डरसन

फरवार्ड: रोबर्टो फिर्मिनो, मोहम्मद सालाह, साडियो माने

रियल म्याड्रिड सम्भावित ११

गोलकिपर: केलर नाभास

डिफेन्डर: ड्यानी कार्जाभाल, राफायल भरान, सर्जियो रामोस, मार्सेलो

मिडफिल्डर: टोनी क्रुस, क्यासेमिरो, लुका मोड्रिच

फरवार्ड: इस्को, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा

इतिहास

पछिल्लो पटक लिभरपुल र रियल म्याड्रिड सन् २०१४ को च्याम्पियन्स लिगमा भिडेका थिए । पहिलो लेगमा ३-० ले जित हात पारेको रियलले दोस्रो लेगमा १-० को जित दर्ता गर्दै समग्रमा ४-० को जित निकालेको थियो ।

खेल समय
खेल आज राति नेपाली समयअनुसार रातिको १२.३० बजे सुरु हुने छ ।

प्रसारण जानकारी

आजको च्याम्पियन्स लिग फाइनल सोनी सिक्सबाट प्रत्यक्ष प्रसारण हुने छ ।

आजको च्याम्पियन्स लिग फाइनल कसले जित्छ? कमेन्ट गर्नुहोस् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.