8 years ago
May 27, 2018
रियो दि जेनेरियो (एजेन्सी)– स्टारहरुले भरिएको टिटेको ब्राजिल अघिल्लो विश्व कपको पिडालाई यसपटक अवश्य पनि भुलाउने कोशिसमा हुनेछ । घरेलु मैदानमा चार वर्षअघि भएको विश्व कपको सेमिफाइनलमा ब्राजिलले जर्मनीसँग ७–१ लज्जास्पद हार बेहोरेको थियो । अर्को दक्षिण अमेरिकी टोली अर्जेन्टिनालाई हराउँदै जर्मनी विश्व कप विजेता बनेको थियो ।
नेयमारको पुनरागमनसँगै ब्राजिलले छैटौं पटक विश्वकप जित्ने अपेक्षा गरेको छ । चोटमुक्त भएर फर्केका नेयमार पछिल्लो साता अभ्यासमा व्यस्त रहे । यसले पनि ब्राजिलियन समर्थकलाई थप उत्साहित बनाएको छ । शनिबार भने नेयमार प्रेमिका र टोलीका अन्य साथीसँग रमाइलोमा व्यस्त रहे ।
प्रेमिका ब्रुना मार्कीजेनी, पेरिस सेन्ट जर्मेन (पिएसजी) का सहकर्मी थियागो सिल्भा, बार्सिलोनाका प्ले मेकर फिलिप्प काउटिन्हो र बेन्जिङ गोउनका रेनाटो अगुस्टोसँग हेलिकप्टर यात्रामा निस्केका थिए । रसिया विश्व कप नजिकै गर्दा नेयमारको पुनरागमनले टोली र समर्थकलाई उत्साहित बनाएको छ ।
पछिल्लो साता फिटनेस परिक्षणपछि उनी पुरा साता अभ्यासमा व्यवस्त रहे । ब्राजिल फुटबल महासंघले जारी गरेको फुटेजमा पिएसजीका फरवार्ड पासिङ, ड्रिब्लिङ लगायतमा व्यस्त रहेको देखिएको थियो । खुट्टाको चोटका कारण नेयमार फेब्रुअरीदेखि मैदान बाहिर छन् । ब्राजिलमै उनको खुट्टाको शल्यक्रिया गरिएको थियो । यद्दपी ब्राजिलको प्रशिक्षणमा सञ्चारमाध्यमलाई भने खुला गरिएको थिएन ।
टोली लन्डन जाने तयारीमा रहेकोले ब्राजिलियन खेलाडीलाई आइतबार बिहानसम्मको छुट्टि दिएको थियो । टिटेको टोली मे २८ देखि जुन ८ सम्म टोटेनह्यामको अतिथिको रुपमा रहनेछ । ब्राजिल र क्रोएसियाबीच एनफिल्डमा जुन ३ मा मैत्रैपूर्ण खेल हुनेछ । त्यसको सात दिनपछि ब्राजिलले अस्ट्रियासँग खेल्नेछ ।
विश्व कपका लागि सोचीमा रहेको फाइभ स्टार होटलमा ब्राजिलियन टोलीका लागि व्यवस्था गरिएको छ । समूह ‘इ’ मा ब्राजिलले जुन १७ मा स्विट्जरल्यानडको सामना गर्दै विश्व कपको सुरुवात गर्नेछ । समूहमा कोस्टारिका र सर्बिया रहेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]