default_image

8 years ago

May 28, 2018

‘मैले जे भने त्यसमा कुनै पछुतो छैन’- रोनाल्डो

255 views

0 Bookmark

किभ (एजेन्सी)– सुपर स्टार क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिडमा आफ्नो भविष्यका विषयमा दिएको प्रक्रियामा कुनै पछुतो नभएको बताएका छन् । च्याम्पियन्स लिग उपाधि रियलले लगातार तेस्रो पटक जितेपछि शनिबार रोनाल्डो रियलमा आफ्नो निरन्तरता नरहन सक्ने संकेत गरेका थिए ।

रियललाई लगातार तेस्रो पटक च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा पोर्चुगिज स्टारको भूमिका महत्वपूर्ण रहेको थियो । फाइनलपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले केहि दिनमा आफ्नो योजना सार्वजनिक गर्ने बताएपछि उनले रियल छाड्न सक्ने चर्चा सुरु भएको छ ।

‘रियलमा रहनु साच्चै राम्रो रह्यो,’ रोनाल्डोको यो भनाईले क्लबका पदाधिकारीको भने टाउको दुखाएको छ । उनले जुन समयमा प्रतिक्रिया दिए त्यो सहि समय नभएपनि आफ्नो भनाई प्रति भने कुनै पछुतो नलागेको रोनाल्डोले बताएका छन् ।

‘मैले जुन समयमा भने त्यो सहि समय थिएन । तर, पनि केहि भइरहेको थियो,’ उनले भने, ‘पक्कै यो सहि समय होइन । तर म इमान्दार भएर भनेको हु । एक सातामा म केहि भन्ने छु किनकी समर्थकले मलाई सधै साथ दिएका छन् । उनीहरु मेरो मुटुमा छन् । मैले धेरै केहि भनेको छैन । तर जे भने भने ।’

रोनाल्डोले आफुलाई रोक्न नसकेको पनि स्वीकार गरेका छन् । उनले भने, ‘पक्कै मलाई केहि भन्नु छ । तर यो सहि समय होइन । तर जे भने त्यसमा पछुतो छैन । मैले इमान्दारपूर्वक भनेको हु, सायद यो विषय हाम्रो बीचमा राख्दा पनि हुन्थ्यो । तर मैले आफुलाई रोक्न सकिन ।’

शनिबारको सफलतापछि रोनाल्डोले खेल जीवनमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जितेका छन् । तर, त्यहि दिन उनले रियललाई आफ्नो विगतको रुपमा प्रस्तुत गरे । ३३ वर्षे रोनाल्डोको भनाईलाई कतिपयले भने सम्झौता नविरकणको छलफलका लागि रणनीतिका रुपमा उपयोग गरेको बताएका छन् । तर, रोनाल्डोले त्यसलाई स्वकारेनन् ।

‘यो त लामो समय देखि चल्दै आएको छ । पैसा कुनै समस्याको विषय होइन,’ उनले भने, ‘मैले पाँच पटक च्याम्पियन्स लिग जिते । पाँच पटक बालोन डी ओर जिते । यो सबै इतिहास भएको छ । अब यो भन्दा बढीको प्रयास गर्ने हो ।’ आफुले क्लबलाई दिलाएको सफलता सबैलाई जानकारी भएको उल्लेख गर्दै रोनाल्डोले थपे, ‘साथीहरु र वास्तविक च्याम्पियन टोलीसँगका अद्भुत पललाई म भुल्न चाहन्न ।’

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.