default_image

8 years ago

May 28, 2018

चोटग्रस्त सालाहको लागि रामोसको कामना

101 views

0 Bookmark

किभ (एजेन्सी)– रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटग्रस्ट लिभरपुलका स्टार मोहम्मद सालाहका लागि छिटो ठिक हुन कामना गरेका छन् । उनले साहाल विश्व कपअघि नै ठिक हुने आशा पनि व्यक्त गरका छन् ।

 

रियलविरुद्ध शनिबार च्याम्पियन्स लिग फाइनल सुरु भएको आधा घन्टामा काँधमा चोट लागेपछि साहालले मैदान छाड्न परेको थियो । रामोससँग ठोक्किदा साहालको काँधमा चोट लागेको थियो । लिभरपुलका प्रशिक्षक योर्गन क्लबले विश्व कप अघि साहाल ठिक हुने सम्भावना कम देखेका छन् ।

विश्व कप सुरु हुन तीन साता भन्दा कम समय बाँकी छ । चार पटक च्याम्पियन्स लिग उपाधि जितेका रामोसले ट्विट गर्दै भनेका छन्, ‘फुटबलमा कहिले राम्रो र कहिलो नराम्रो हुन्छ । हामीले यो सबै स्वीकार गर्नुपर्दछ । साहाल, चाडै ठिक हुन् । भविष्य तिमिलाई कुरिरहेको छ ।’

लिभरपुलका मिडफिल्ड जर्जियोनियो विज्नाल्डुमले साहाल बाहिरेपछि टोलीमा त्यसको असर परेको बताए । हाम्रो लागि त्यो ठूलो धक्का हो । उनी मैदान बाहरिएपछि टोलीमा त्यसको असर पर्यो, उनले भने, २५ मिनेट हामीले निकै राम्रो खेल्यौं । सालाहलाई चोट लागेपछि हामीले त्यो लयलाई जोगाउन सकेनौं ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.