8 years ago
May 28, 2018
पाँचथर (हाम्रो खेलकुद)- नवौं रुस्लान फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिता सकिएको झन्डै ६ महिनापछि मंगलबार आयव्यय सार्वजनिक गरिएको छ । फिदिम स्पोर्टिङ क्लबको आयोजनामा गत पुस ७ गते देखि १५ गते सम्म फाल्गुनन्द गोल्डकप आयोजना भएको थियो ।
प्रतियोगिता १ लाख रुपैयाँ भन्दा कम नाफा भएको क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा ४१ लाख ९४ हजार ३ सय ८९ रुपैयाँ आम्दानी र ४१ लाख १२ हजार ६ सय ३७ रुपैयाँ खर्च भएको बताइएको छ ।
१८ लाख रुपैयाँको टिकट विक्री भएको प्रतियोगिताबाट कुल ८१ हजार ७ सय ५० रुपैयाँ बचत भएको जनाइएको छ । सुनसनरी ११ ले जितेको प्रतियोगितामा ए डिभिजन क्लबसहित १० टोलीको सहभागिता थियो । सोही अवसरमा हाम्रो खेलकुदका दिपक बोहोरालाई आयोजक क्बलले सम्मान गरेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]