default_image

8 years ago

May 29, 2018

‘अर्जेन्टिनाबाट खेल्ने निर्णयमा खुसी छु’- मेस्सी

96 views

0 Bookmark

ब्यूनस आयर्स (एजेन्सी)– अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सीले युरोपमा आफुले प्रतिनिधित्व गर्ने एकमात्र क्लब बार्सिलोना भएको दोहोराएका छन् । अर्जेन्टिनाका लागि अर्को विश्व कपको तयारीमा जुटेका मेस्सीले घरेलु क्लब निवेल्सबाट खेल्ने मात्र सम्भावना रहेको बताएका छन् ।

बार्सिलोना जानुअघि ३० वर्षे मेस्सीले रोसारियोमा रहेको निवेल्सबाट खेलेका थिए । ‘युरोपमा मैले खेल्ने एउटा मात्र क्लब बार्सिलोना नै हो । यसमा म निश्चित छु,’ मेस्सीले अर्जेन्टिनी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने, ‘एक दिन अर्जेन्टिनामा खेल्न चाहान्छु मैले त्यो सधै भन्दै आएको छु । तर, मलाई थाहा छैन त्यो होला नहोला । तर मेरो दिमागमा त्यो छ ।’

उनले निवेल्सबाट खेल्ने सपना रहेको पनि सुनाए । ‘ म यहि क्लबबाट खेल्न चाहन्छु अरुबाट होइन । कम्तीमा म छ महिना यसबाट खेल्न चाहन्छु । तर, के हुन्छ थाहा छैन, ‘ उनले भने, ‘सानोमा निवेल्सबाट खेल्ने मेरो सपना थियो । बाबु, दाईहरु साथीहरुसँग म खेलमा जान्थे । परिस्थितिले अन्तै पुगियो । तर मेरो दिमागमा अहिले पनि छ ।’

मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनमा स्पेन नरोजेर अर्जेन्टिनाबाटै खेल्ने निर्णयबाट आफु खुसी रहेको बताएका छन् । यदि स्पेन रोज्थे भने उनी विश्व कप र युरोपियन च्याम्पियन पनि बन्न सक्थे ।

‘एक दिन साथीसँगको कुराकानीको क्रममा उनले भनेका थिए, ‘ यदि तिमिले स्पेन रोजेको भए विश्व कप विजेता बनिसक्ने थियौं,’ मेस्सीले भने, ‘तर मलाई कुनै पनि समय दिमागमा त्यो आएन । अर्जेन्टिनाका लागि जित्नु त्यो केहि फरक नै हुनेछ ।’

उनले विश्वकप जित्ने सपना देख्ने खेलाडी अर्जेन्टिनामा रहेको बताए । ‘जितका साथ विश्व कपको सुरुवात गर्नु महत्वपूर्ण हुन्छ,’ मेस्सीले भने, ‘हामी सहज समूहमा छैनौं ।’ समूह ‘डी’मा अर्जेन्टिनामा आइसल्यान्ड, क्रोएसिया र नाइजेरिया छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.