8 years ago
May 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबका पूर्व प्रशिक्षक प्रदीप हुमागाईको प्रशिक्षणमा रहेको अमेरिकाको किस्टोन एथलेटिक क्लबले पोकोनो कप मेमोरियल डे फुटबल उपाधि जितेको छ।
पेन्सलभेनिया राज्यको पूर्व क्षेत्रको यू १९ प्रतियोगिताको आइतबार भएको फाइनलमा क्लिनटफ स्टालियन्स एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै किस्टोनले उपाधि जितेको हो । दुई दिने प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । हुमागाईका अनुसार किस्टोनले समूह चरणमा २ खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो ।
हुमागाईले केहि वर्षयता पेन्सलभानियाको किस्टोन एथलेटिक क्लबको प्रशिक्षकको रुपमा रहेका छन् । किस्टोन प्रिमियर लिग टोली वेस्ट ह्यामको एकेडेमी अन्तर्गतको क्लब हो । एएफसी ए लाइसेन्स प्राप्त हुमागाईले गत फेब्रुअरीमा वेस्ट ह्यामको एकेडेमीमा कोचिङ कोर्स लिएका थिए । अमेरिका जानुअघि हुमागाईले २०६९ मा थ्री स्टारलाई लिग च्याम्पियन बनाएका थिए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]