8 years ago
June 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर ११ मा रहेका छन् ब्राजिलका फरवार्ड फिलिप कौटिन्हो ।
प्रिमियर लिगमा लिभरपुलबाट खेल्दा फिलिप कौटिन्होले आफ्नो नाम विश्व फुटबलमै चिनाउन सफल भएका थिए । सटिक पास र बलमा राम्रो नियन्त्रण उनका खुबी भए पनि डि-बक्स बाहिरबाट गोल गर्नु उनको खेलको सबैभन्दा बलियो पक्ष हो ।
यस सिजन लिभरपुलका लागि १२ गोल गरेका कौटिन्हो जनवरीमा बार्सिलोना आए । उनलाई बार्सिलोनाको स्तरमा खेल्न कठिन हुने आलोचना कतिपय विश्लेषकहरुले गरेका थिए । तर बार्सिलोनाको पद्दतिमा घुलमिल हुन उनलाई केही बेर पनि लागेन । बार्सिलोनाका लागि उनले थप ८ गोल र ५ असिस्ट गरेका छन् ।
तर राष्ट्र टोलीबाट ठूला प्रतियोगितामा भने कौटिन्हो खासै देखा परेका छैनन् । यो २५ वर्षे कौटिन्होको पहिलो विश्वकप पनि हुने छ । यस विश्वकप उनलाई नौलो अनुभव त पक्कै हुने छ, विश्व फुटबलमा आफ्नो प्रभाव अझ जमाउने मौका पनि हुने छ ।
कौटिन्हो मिडफिल्डको जुन पनि स्थानमा खेल्न माहिर छन् । लिभरपुलमा उनी अग्रपंक्तिको दायाँ वा बायाँमा खेल्थे । मोहम्मद सालाहको आगमनपछि उनी मिडफिल्डको दायाँमा खेल्न सुरु गरे भने बार्सिलोनामा बायाँतिर । तर, जुन स्थानबाट खेले पनि बक्स बाहिरबाट उनका सुन्दर गोलहरु भने छुटेनन् ।
ब्राजिलमा उनी नेयमार र ग्याब्रियल जेसससम्मिलित स्टार अट्याकको हिस्सा रहेका छन् । प्रशिक्षक टिटेले कौटिन्हो आफ्नो सुरुवाती ११ मा निसंकोच पर्ने पनि बताएका थिए । यस पटक ब्राजिललाई बलियो दाबेदार मानिएको छ । १६ वर्षपछि फेरी ब्राजिलले फेरी विश्वकप उठाउने हो भने कौटिन्होको त्यसमा भुमिका अति नै महत्त्वपूर्ण हुने छ ।
के यस पटक ब्राजिल विश्वकप जित्न सक्षम छ?
हेर्नुहोस् ब्राजिलको विश्वकपको अन्तिम टोली
विश्वकपमा हेर्नलायक २० खेलाडी – २० ग्याब्रियल जेसस
विश्वकपमा हेर्नलायक २० खेलाडी – १९ थोमस मुलर
विश्वकपमा हेर्नलायक २० खेलाडी – १८ डेभिड सिल्भा
विश्वकपमा हेर्नलायक २० खेलाडी – १७ एन्गोलो कान्टे
विश्वकपमा हेर्नलायक २० खेलाडी – १६ एन्जल डि मारिया
विश्वकपमा हेर्नलायक २० खेलाडी – १५ एडेन हाजार्ड
विश्वकपमा हेर्नलायक २० खेलाडी – १४ लुका मोड्रिच
विश्वकपमा हेर्नलायक २० खेलाडी – १३ मेसुट ओजिल
विश्वकपमा हेर्नलायक २० खेलाडी – १२ इस्को
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]