8 years ago
June 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदमा सबै भन्दा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । यस विश्वकपमा बलियो दाबेदार मानिएको टोलीमा साविक विजेता जर्मनी पनि पर्छ ।
जर्मनीका गोलकिपर म्यानुयल नोया यस सिजनको अधिकांश समय घाइते भए पनि गोलपोस्ट र कप्तानको जिम्मेवारीमा उनी फर्किने बताइएको छ । त्यस्तै डिफेन्समा जेरोम बोएटेङ र म्याट हमेल्सको अनुभवी जोडीको साथ रहने छ भने जोसुवा किमिच र जोनास हेक्टर डिफेन्सको दायाँ र बायाँमा सुरुवात गर्ने लगभग पक्का रहेको छ ।
मिडफिल्डतर्फ, रियल मड्रिडका टोनी क्रुसको भुमिका महत्त्वपूर्ण हुने छ । त्यस्तै उनलाई सामि खेडिरा वा इल्के गुन्डोगनले साथ दिने छन् । मिडफिल्डको बीचमा आर्सनलका मेसुट ओजिल खेल्ने छन् ।
मिडफिल्डको बायाँतर्फ जर्मनीलाई धेरै विकल्प रहेको छ । म्यानचेस्टर सिटीका लेरोय साने, पिएसजीका जुलियन ड्राक्सलर वा बोरुसिया डर्टमन्डका मार्को रोयस त्यस स्थानमा खेल्न सक्ने छन् । तर लयको हिसाबमा साने खेल्ने सम्भावना धेरै छ । दायाँतर्फ भने थोमस मुलरको ठाउँ पक्कै रहेको छ ।
अग्रपंक्तिमा युवा खेलाडी टिमो वेर्नर खेल्ने देखिन्छ । यदी उनी बेन्चमा बसे मुलर अग्रपंक्तिमा खेलेर एक अर्का मिडफिल्डर दायाँतर्फ खेल्ने छन् । जर्मनी विश्वकपको समूह ‘एफ’ मा दक्षिण कोरिया, मेक्सिको र स्विडेनसँग रहेको छ । प्रतियोगिता सुरु हुन अघि जर्मनीले आज राति अष्ट्रिया र ७ तारिखमा साउदी अरेबियासँग मैत्रीपूर्ण खेल खेल्ने छ ।
जर्मनी सम्भावित सुरुवाती ११:
गोलकिपर: म्यानुयल नोया
डिफेन्डर: जोसुवा किमिच, म्याट हमेल्स, जेरोम बोएटेङ, जोनास हेक्टर
मिडफिल्ड: थोमस मुलर, सामि खेडिरा, टोनी क्रुस, मेसुट ओजिल, लेरोय साने
फरवार्ड: टिमो वेर्नर
के यस पटक ब्राजिल विश्वकप जित्न सक्षम छ?
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]