default_image

8 years ago

June 2, 2018

आज राति खेलिने ३ रोमाञ्चक मैत्रीपूर्ण खेलहरु

105 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्वको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ मा रुसमा सुरु हुँदैछ । विश्वकपमा सामेल केही दाबेदारहरु आज मैत्रीपूर्ण खेल खेल्दै छन्, र ती मध्ये ३ रोमाञ्चक तथा महत्त्वपूर्ण खेलहरु यी हुन् :

१) अष्ट्रिया विरुद्ध जर्मनी

समय: नेपाली समयअनुसार रातिको ९.४५ बजे

Germanyसाविक विजेता जर्मनी प्रतियोगिता सुरु हुनु अघि लयको खोजिमा हुने छ । अर्को तर्फ, अष्ट्रिया भने विश्वकपमा छनोट हुन असफल राष्ट्र हो । जर्मनीले आफ्नो सुरुवाती ११ मा आज सबै महत्त्वपूर्ण खेलाडीहरुलाई सामेल गर्ने देखिएको छ । जर्मनी विश्वकपको समूह ‘एफ’मा दक्षिण कोरिया, मेक्सिको र स्विडेनसँग रहेको छ ।

२) बेल्जियम विरुद्ध पोर्चुगल

समय: नेपाली समयअनुसार रातिको १२.३० बजे

ronaldo portugal greenबेल्जियम र पोर्चुगल दुवै राष्ट्र शीर्ष दाबेदार नमानिए पनि बलिया टोलीका रुपमा हेरिएका छन् । च्याम्पियन्स लिग विजेता क्रिस्टियानो रोनाल्डो आज आफ्नो राष्ट्रको जर्सीमा उत्रिने सम्भावना छ, भने बेल्जियम अग्रपंक्तिमा निकै बलियो रहेकाले पनि यस खेलमा धेरै गोल हुने अपेक्षा गरिएको छ । बेल्जियम विश्वकप समूह ‘जी’ मा इंग्ल्यान्ड, पानामा र टुनिसियासँग रहेको छ भने पोर्चुगल समूह ‘सी’ मा स्पेन, मोरक्को र इरानसँग रहेको छ ।

३) इंग्ल्यान्ड विरुद्ध नाइजेरिया

समय: नेपाली समयअनुसाअर रातिको १० बजे

england

खेलाडीहरु उत्कृष्ट रहे पनि संयोजनको कमी भएको आलोचना इंग्ल्यान्डले खेप्दै आइरहेको छ । यस विश्वकपमा युवा इंग्ल्यान्ड टोली सो आलोचनालाई गलत सावित गर्ने दाउमा हुने छ । त्यस्तै अर्जेन्टिना, आइसल्यान्ड र क्रोएसियासँग समूह ‘डी’ अर्थात ग्रुप अफ डेथमा रहेको नाइजेरिया आफ्नो पनि अन्तिम १६ मा छनोट हुने अवसर रहेको विश्लेषकहरुलाई पुष्टी गर्न तत्पर छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.