8 years ago
June 3, 2018
मस्को (एजेन्सी) – युरोपेली राष्ट्र रसियामा ११ दिनपछि विश्व फुटबल मात्र नभएर विश्व खेलकुदकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिता फिफा विश्वकप २०१८ आयोजना हुँदैछ । ३२ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिताको डिफेन्डीङ च्याम्पियन जर्मनी हो । यद्यपी यसपटक जर्मनीसँगै ब्राजिल र अर्जेन्टिनालाई पनि उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिनामा स्टार खेलाडीहरुको घुइंचो नै छ । सुरुआती रोजाइका खेलाडी छन् सम्बन्धित टोलीका प्रशिक्षकलाई सधैं टाउको दुखाइ बन्ने गर्दछ । ब्राजिलियन टोलीमा मिडफिल्ड खेलाडी कोउटिन्होले महत्त्वौर्ण भूमिका खेल्न सक्नेछन् । निकै क्रिएटिभ मानिने मिडफिल्डर कोउटिन्हो राम्रो पास र सेट पिसमा गोल गर्ने क्षनाताका लागि परिचित छन् । उनले समान्यतया पेनाल्टी क्षेत्रबाहिर बाटै गोल गरेका छन् ।
ब्राजिलको मुख्य प्रतिद्वन्द्वीको रुपमा देखिएको अर्जेन्टिनाको लागि पनि विंगर एन्जल डी मारियाको भूमिका महत्त्वपूर्ण हुनेछ । विंग्समा तीव्र गतिमा कुद्न सक्ने र राम्रो क्रस गर्न सक्ने भएकाले उनको सम्भावना बलियो छ । फ्रान्सेली लिगमा पेरिस सेन्ट जर्मेनलाई लिग र कप जिताउन पनिं उनले बलियो भूमिका खेलेका थिए । यसपटक विश्वकपमा पनि उनी सफलता चुम्ने सुरमा छन् ।
दुवै टोलीका लागि महत्त्वपूर्ण खेलाडी डी मारिया र कोउटिन्होले नियमित स्थान बनाउन भएपनि विश्वकपका सुरुआती खेलमा राम्रो प्रदर्शन गर्नु जरुरि छ । व्यक्तिगत प्रदर्शन छँदै छ, टोलीको राम्रो नतिजाको लागि पनि यी खेलाडीले अपेक्षाकृत प्रदर्शन गर्न जरुरि छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]