8 years ago
June 3, 2018
लन्डन (एजेन्सी) – फिफा विश्वकप २०१८ अगाडिको अभ्यास खेलमा इंग्ल्यान्डले नाइजेरियालाई २-१ ले पराजित गरेको छ । वेम्बली मैदानमा शनिबार भएको खेलमा इंग्ल्यान्डले पहिलो हाफमै २ गोल गरेको थियो ।

लामो समयपछि इंग्ल्यान्ड टोलीमा फर्केका डिफेन्डर ग्यारी केहिलले इङ्गलिस टोलीलाई अग्रता दिलाएका थिए । उनले किरण ट्रीपिएरको क्रसको सदुपयोग गर्दै घरेलु टोलीलाई अगाडी बढाएका थिए । दोस्रो गोल कप्तान ह्यारी केनको नाममा रहयो । पछिल्लो सात खेलमा आठौं गोल गर्ने क्रममा केनले गरेको सामान्य प्रहार नाइजेरियाका गोलरक्षकले रोकेका थिए ।
नाइजेरियाका लागि खेलको एकमात्र गोल एलेक्स इवोबीले गरे । उनले दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै गोल अन्तर घटाएका थिए । दुवै टोलीले त्यसपछि पनि अवसर सिर्जना गरे तर कसैले गोल थप्न सकेनन् । खेलको अधिकांश समय बलमा पकड जमाएको इंग्ल्यान्डले गोलको लागि भने पाएको अवसरको सदुपयोग गर्न सकेन ।
विश्वकपको समूह ‘एच’ मा रहेको इंग्ल्यान्डले अर्को अभ्यास खेलमा कोस्टारिकाको सामना गरेछ । समूह ‘एच’ मा इंग्ल्यान्डसँगै ट्युनिसिया, बेल्जियम र पानामा छन् । यसैगरी नाइजेरियाको समूह ‘डी’ मा अर्जेन्टिना, आइसल्याण्ड र क्रोएसिया रहेका छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]