8 years ago
June 3, 2018
ब्रसेल्स (एजेन्सी) – फिफा विश्वकपको तयारीमा रहेका दुई ठूला टोली बेल्जियम र पोर्चुगलले शनिबार भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेका छन् ।

क्रिस्टियानो रोनाल्डोविना उत्रिएको पोर्चुगलले आक्रामक रुपमा बेल्जियमलाई दबाब दिन सकेन । बेल्जियमका डिफेन्डर जान भर्टोन्घनले दोस्रो हाफमा गरेको शक्तिशाली प्रहर पोर्चुगलका गोलरक्षक बेटोले उत्कृष्ट ढंगले बचाएका थिए । समूह जी मा रहेको बेल्जियमले अन्य अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेन । छनोट दौरान बेल्जीयमले युरोपकै सर्वाधिक ४३ गोल गरेको थियो ।
रियल म्याड्रिडलाई च्याम्पियन्स लिग उपाधि दिलाएपछि विश्राममा रहेका रोनाल्डोले अर्को खेलमा खेल्ने प्रशिक्षकले बताएका छन् । रोनाल्डोविना पोर्चुगलको आक्रमण फितलो देखिएको थियो । टोलीले प्राप्त गरेको १३ अवसरमा ३ प्रहारले मात्र पोस्टको दिशा लिएको थियो । पोर्चुगलको फितलो प्रदर्शनले पनि रोनाल्डो टोलीका लागि कति महत्त्वपूर्ण छ भन्ने प्रष्ट पारेको छ ।
खेलको दोस्रो हाफको सुरुआतमै बेल्जियमका डिफेन्डर भिन्सेन्ट कम्पनिले भने मैदान छाड्नु पर्यो । उनले साधारण चोटका कारण मैदान छाडेपनि विस्तृत विवरणका लागि आइतबार स्क्यान गरिने बुझिएको छ । पछिल्लो पटक युरोपेली च्याम्पियनसिपमा पनि कम्पनि चोटका कारण टोलीमा रहेका थिएनन् । मैत्रीपूर्ण खेलको सुरुआतमा अर्का डिफेन्डर भर्टोन्घनलाई सय खेल खेलेको अवसरमा विशेष सम्मान गरिएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]