8 years ago
June 3, 2018
लन्डन (एजेन्सी) – ब्राजिलका स्टार फरवार्ड नेयमारले आइतबार हुने क्रोएसियाविरुद्धको मैत्रीपूर्ण खेलमा हाफ टाइमपछि खेल्ने प्रशिक्षक टिटेले बताएका छन् । गत साता शत प्रतिशत फिट भएको बताएपनि ब्राजिलका स्टार फरवार्ड नेयमार प्रशिक्षणका दौरान मुख्य टोलीबाट बाहिर बसेका थिए । फ्रान्सेली लिगमा बोकेको खुट्टाको चोटको शल्यक्रियाका कारण नेयमार अझै पूर्ण रुपमा फिट भएका छैनन् ।

ब्राजिलले विश्वकप अगाडीको अभ्यास खेलमा आइतबार क्रोएसियासँग खेल्दैछ । लिभरपुलमा हुने उक्त खेलमा नेयमारको उपस्थिति हाफ टाइम पछि हुने प्रशिक्षक टिटेले बताए । विश्वका सर्वाधिक महंगा खेलाडी नेयमारले फेब्रुअरीमा चोट बोकेयता मैदानमा उत्रेका छैनन् ।
‘उनले पहिलो रोजाइमा खेल्ने छैनन् । चोटबाट भर्खर फर्किएको हुनाले हामी केहि समय दिन चाहन्छौं । उनले कसको स्थान लिने भन्ने पक्का भएको छैन तर उनले दोस्रो हाफमा खेल्नेछन् । हामीले सम्पूर्ण टोलीलाई तयार गर्न यो खेलको उपयोग गर्नुपर्छ,’ प्रशिक्षक टिटेले भने ।
प्रशिक्षक टिटेले पहिलो रोजाइमा भने ग्यब्रिएल जेसस र फिलिप कोउटिन्होलाई अग्रपंक्तिमा खेलाउने सम्भावना रहेको छ । ब्राजिल फुटबल संघले मिडफिल्डर रेनाटो अगुस्टोको घुंडामा चोट लागेका कारण उनले क्रोएसियाविरुद्धको खेल गुमाउने जानकारी दिएको छ । २० वर्षीय अगुस्टो साताको अन्त्यसम्म विश्राममा बस्ने सम्भावना रहेको छ ।
ब्राजिलले विश्वकपका तयारीका लागि सोमबारदेखि टोटेनहम हट्सपरको प्रशिक्षण केन्द्र प्रयोग गर्दै आएको छ । विश्वकपका लागि प्रस्थान गर्ने बेलासम्म ब्राजिल यहीं रहेर प्रशिक्षण गर्नेछ । पाँच पटकको विश्वकप विजेता ब्राजिलले विश्वकप अघि अन्तिम मैत्रीपूर्ण खेल अस्ट्रियासँग जुन १० मा खेल्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]