default_image

8 years ago

June 3, 2018

क्रोएसियाविरुद्ध ब्राजिलको सुरुआती एघार पक्का

123 views

0 Bookmark

लन्डन (एजेन्सी) – ब्राजिलले विश्वकप अगाडिको मैत्रीपूर्ण खेलमा आइतबार क्रोएसियाको सामना गर्दैछ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुने खेलका लागि ब्राजिलका प्रशिक्षक टिटेले आफ्नो सुरुआती रोजाई घोषणा गरिसकेका छन् ।

प्रशिक्षक टिटेले चोटबाट पुनरागमन गर्ने प्रयासमा रहेका स्टार फरवार्ड नेयमारले दोस्रो हाफमा खेल्ने बताएका छन् । उनले सुरुआती रोजाइमा भने फिलिप कोउटिन्हो र ग्याब्रिएल जेससलाई आक्रमणको जिम्मेवारी सुम्पिएका छन् । कोउटिन्होले लिभरपुलबाट बार्सिलोना गएपछि पहिलोपटक एनफिल्ड मैदानमा खेल्दै छन् । यी दुईलाई चेल्सीका विंगर विलियनले साथ दिनेछन् ।

मिडफिल्डमा रियल म्याड्रिडका क्यसेमिरो, पौलिन्हो र फर्नान्डीन्हो रहने छन् । क्यासेमिरोले रक्षात्मक भूमिका निर्वाह गर्नेछन् भने अन्य दुई खेलाडीले आक्रामक रणनीतिमा बढी ध्यान दिनेछन् । डिफेन्समा थिआगो सिल्भा र मिरान्डाले मुख्य डिफेन्सको जिम्मेवारी सम्हाल्नेछन् । साइड डिफेन्समा भने ड्यानिलो र मार्सेलो रहनेछन् । ड्यानी आल्भेसले विश्वकप गुमाउने पक्का भएपछि म्यानचेस्टर सिटीका ड्यानिलोले मौका पाएका हुन् । गोलरक्षकको भूमिका एएस रोमाबाट खेल्दै आएका एलिसनले पाएका छन् ।

टिटेले हालको अवस्थामा ब्राजिलको सबैभन्दा बलियो टोली यहि नै रहेको पनि जनाए । उनले सबै खेलाडीको फिटनेस र खेल क्षमता हेरेर यो टोली छनोट गरेको स्पष्ट पारे । यद्यपी विश्वकप अगाडीका अभ्यास खेलको प्रदर्शन हेरेर टोलीमा परिवर्तन गर्ने सम्भावना पनि उत्तिकै छ । आइतबारको खेलका लागि फरवार्ड ग्यब्रिएल जेससले कप्तानी सम्हाल्नेछन् । प्रशिक्षक टिटेले टोलीको कप्तान कोहि एक खेलाडी नभएर फरक फरक खेलाडी रहने बताए ।

ब्राजिल र क्रोएसियाको खेल नेपाली समय अनुसार ७.४५ बजे सुरु हुने छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.