8 years ago
June 4, 2018
म्युनिख (एजेन्सी) – जर्मन राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जोचिम लोले शनिवार अष्ट्रियाविरुद्धको २-१ को हारबाट आफू निराश भएको बताएका छन् । उनले विश्वकप सुरु हुनुअघि टोलीले धेरै काम गर्नुपर्ने समेत बताएका छन् ।

विश्वकपको साविक विजता जर्मनी सन् १९८७-८८ यता पहिलो पटक लगातार ५ खेलमा हार बेहोर्न पुगेको छ । यसका साथै जर्मनीले सन् १९८६ यता पहिलो पटक अष्ट्रियाविरुद्ध हार बेहोर्नुले पनि टोलीमा थप निराशा छाएको हो । लोले भने, ‘यो हारले मलाई दुखित बनाएको छ । हामीले बनाएका धेरै योजना कार्यान्वयन गर्न सकेनौं । गोल गर्नसक्ने समयमा धेरै पटक बल गुमाउन पुग्यौं । हामी आफुलाई मुर्ख बनाउन चाहदैनौं भने आउने दुई हप्तामा हामीले धेरै काम गर्नुछ ।’
विश्वकप अन्तर्गत जुन १७ मा मस्कोमा मेक्सिकोको सामना गर्नुअघि जर्मनीले साउदी अरबियासंग अर्को मैत्रीपूर्ण खेल खेल्नेछ । ‘ शनिबार आफ्नै गल्तिको कारण पराजित भयौं । हामीले सुरुवाती अग्रता लिएपछि खेलमा पकडमा बनाएपनि ब्रेक अगाडी र ब्रेकपछीको १५-२० मिनेट हामीले लय गुमायौं । हामीले अपत्यारिलो ढंगले बल गुमाउन पुग्यौं र खेलमा धेरै पोसेसन गुमायौं । हाम्रो टोलीबाट यस्तो नतिजाको आशा राख्दैनौं । हाम्रै गल्तीका कारण विपक्षीले खेलमा फर्कने मौका पाए,’ प्रशिक्षक लोले सुनाए ।

गत सेप्टेम्बरमा खुट्टा भाँचिएपछि घाइते बनेका म्यानुएल नोएरले अष्ट्रियाविरुद्ध खेलमा पुनरागमन गरे । सो विषयमा बोल्दै लोले भने, “नोएरको विषयलाई हेर्ने हो भने उनले सोचेभन्दा राम्रो पुनरागमन गरेका छन् । खेलपछि पनि उनको खुट्टामा केहि समस्या देखिएन र त्यो नै महत्वपूर्ण पक्ष हो,’ उनले थपे, ‘ उनले धेरै अवस्थामा राम्रो र छिटो प्रतिक्रिया देखाए । उनले चोटबाट पुनरागमन गरिरहेका भन्ने थाहा पाउन कठिन थियो । उनले २-३ वटा राम्रा बचाउ गरे । म उनीसँग अझै विस्तृत कुराकानी गर्नेछु । उनलाई खेल र यो हप्ताको प्रशिक्षण दुबैमा केहि समस्या थिएन । ‘
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]