8 years ago
June 4, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदकै लोकप्रिय तथा चर्चित, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुदको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को १० औं नम्बरमा रहेका छन् बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुयन ।
केभिन डि ब्रुयन २०१३/१४ को सिजनमा चेल्सीमा आबद्ध थिए । तर त्यहाँ अवसर नपाएपछि उनी जर्मनीको वुल्फसबर्गतिर सरुवा भए । सिजनभरि १५ गोल र २५ असिस्ट गरेका डि ब्रुयनलाई अर्को सिजन म्यानचेस्टर सिटीले किन्यो ।
सिटीमा पहिलो सिजन १० गोल र ९ असिस्ट गर्दै सामान्य सुरुवात गरेपनि टोलीमा प्रशिक्षक पेप ग्वार्डिओलाको आगमानपछि उनको करियरले उचाई लियो । पछिल्ला दुई सिजनमा डि ब्रुयनले १६ गोल र ३९ असिस्ट गरेका छन् र युरोपमा उनले यस सिजन सर्वाधिक १६ असिस्ट पनि गरे ।
म्यानचेस्टर सिटी यस सिजन जादुयी लयमा थियो र त्यसमा विश्वकै उत्कृष्ट मिडफिल्डर मध्ये एकको दर्जा पाएका डि ब्रुयनको सबैभन्दा महत्त्वपूर्ण भुमिका रहेको थियो । अब सो लयलाई विश्वकपमा निरन्तरता दिने उनलाई मौका र चुनौती दुवै रहेको छ ।
बेल्जियम यस विश्वकपमा दाबेदारका रुपमा नहेरिए पनि बलियो टोलीका रुपमा गनिएको छ; र डि ब्रुयनको पास गर्ने कला, गोल गर्ने र खेल नियन्त्रणमा लिने क्षमताले बेल्जियम दाबेदार मानिएका ब्राजिल, जर्मनी, स्पेन, फ्रान्स र अर्जेन्टिनालाई पनि निराश पार्न सक्षम छ ।
के डि ब्रुयन र बेल्जियमले विश्वकपका दाबेदारहरुलाई निराश पार्न सक्ला?
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]