default_image

8 years ago

June 5, 2018

फिफा विश्वकप : ९ दिन बाँकी!

133 views

0 Bookmark

मस्को (एजेन्सी) – फिफा विश्वकप सुरु हुन अब ९ दिनमात्र बाँकी छ । विश्वकप सुरु हुनुअघि सम्पूर्ण टोलीले अन्तिम २३ खेलाडीको नामावली पनि सार्वजनिक गरिसकेका छन् । विश्वकपका दावेदार मानिएका टोलीहरुले निकै बलियो टोली उतार्ने भएका छन् । सबै टोलीले जर्सी नम्बर ९ आफ्नो टोलीको मुख्य स्ट्राइकरलाई दिने प्रचलन नै छ ।

इंग्ल्यान्डले स्ट्राइकर ह्यारी केनको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा केहि साताअघि नै गरेको थियो । फर्ममा रहेका फरवार्ड केनले विश्वकपमा इंग्ल्यान्डको भविष्य निर्धारण गर्नेछन् । उनकै गोलको भरमा इंग्ल्यान्डले विश्वकप छनोटमा सहज नतिजा आत्मसात गर्दै आएको थियो । लिग फुटबलमा टोटेनहम हट्स्परका लागि उत्कृष्ट प्रदर्शन गरेका केन सोहि फर्मलाई रसियामा निरन्तरता दिने सुरमा हुनेछन् ।

यसैगरी अर्को दावेदार टोली ब्राजिलका युवा फरवार्ड ग्याब्रिएल जेससमा पनि ठुलो दबाब रहनेछ । स्टार फरवार्ड नेयमार पूर्ण रुपमा फिट नभएको अवस्थामा जेससकै प्रदर्शनमा ब्राजिलको आक्रमण टिकेको हुनेछ । मैत्रीपूर्ण खेलमा टोलीको कप्तानी सम्हालेका जेससले जुनसुकै भूमिका पाएपनि त्यसमा खरो उत्रन सक्ने विश्वास रहेको बताउँदै आएका छन् ।

यी दुईबाहेक ९ नम्बरको भूमिका, अर्थात गोल हान्ने स्ट्राइकरको भूमिकामा अर्जेन्टिनाका गोन्जालो हिगुआइन हुनेछन् ।यद्यपी पाउलो डिबाला र सर्जियो अगुएरो पनि सोहि भूमिकाका लागि प्रतिस्पर्ध गर्ने हुनाले हिगुआइनले पाएको अवसर चुकाउनु हुन्न । फ्रान्सका ओलिभिएर् जिरुड, बेल्जियमका रोमेलु लुकाकु, लगायतका खेलाडी पनि गोल गर्ने सूचिको अग्रपंक्तिमा आउने प्रयासमा हुनेछन् ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.