default_image

8 years ago

June 6, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी: नम्बर ८ – लुइस स्वारेज

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुँदै छ । हाम्रो खेलकुद डटकमको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् उरुग्वेका स्ट्राइकर लुइस स्वारेज ।

पछिल्लो विश्वकपमा २ गोल र २ असिस्ट गरे पनि लुइस स्वारेज जर्जियो केलिनीलाई टोकेको कारण कुख्यात बनेका थिए । सो घटनापछि उनलाई ४ महिनाका लागि प्रतिबन्ध पनि गरिएको थियो ।

२०१० को विश्वकपमा डियगो फोर्लानको उत्कृष्ट प्रदर्शनमा उरुग्वे सेमिफाइनलसम्म पुगेको थियो । क्वाटरफाइनलमा स्वारेजले घानाको गोल हातले बचाउंदै मैदान बाहिरिएका थिए । यस विश्वकपमा स्वारेजलाई आफ्नो छवि सुधार्ने मौका हुने छ ।

२०१३/१४ सिजनमा लिभरपुलबाट ३१ गोल गर्दै रेकर्ड राखेका प्रतिबन्धित भएबावजुद बार्सिलोनाले किनेको थियो । सो सिजन उनले बार्सिलोनाका लागि २३ गोल गरे । २०१५/१६ सिजन स्वारेजका लागि अति आकर्षक रह्यो । सबै प्रतियोगितामा उनले ४८ गोल गरे । त्यसपछिको सिजनमा ३२ गरेका स्वारेजले भर्खरै समाप्त सिजनमा २६ गोल गरे ।

स्वारेज आफ्नो गोल गर्ने कला र बलियो प्रहारका लागि चिनिन्छन् । डिफेन्डरहरुलाई छल्लाउन माहिर स्वारेज गोल गर्ने अवसरहरु पनि सिर्जना गर्न उत्तिकै निपूण रहेका छन् ।

यस विश्वकपमा उरुग्वे समूह ‘ए’मा आयोजक रुस, इजिप्ट र साउदी अरेबियासँग रहेको छ । यस समूहमा उरुग्वे निकै बलियो देखिएको छ र लयमा रहेका स्वारेजलाई चम्किने मौका पनि रहेको छ । बलियो डिफेन्स पनि रहेकाले उरुग्वे २०१० जस्तै उत्कृष्ट प्रदर्शन गर्न तथा दाबेदार मानिएका टोलीहरुलाई निराश पार्न पनि सक्षम छ । तर, सो अभियानमा स्वेरजको भूमिका निकै महत्त्वपूर्ण हुने छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.