8 years ago
June 7, 2018
ढाका (एजेन्सी) – फिफा विश्वकप सन् २०१८ सुरु हुन अघि बंगलादेशका एक फुटबल समर्थक किशानले ५.५ किलोमिटर लामो जर्मनीको झण्डा घरमा नै बनाएका छन् । अम्जाद हुसेन नाम गरेका समर्थकले २००६ को विश्वकप देखि जर्मनीको समर्थन गर्दै आएका हुन् । त्यो वर्ष जर्मनीले विश्वकपको आयोजना गर्दा देखि उनले कालो, रातो र पहेंलो रंगको कपडा जोड्दै आएका हुन् ।

हरेक विश्वकपमा उनले जर्मनीको झण्डाको आकार बढाउंदै आएका छन् । यसपटक को विश्वकप सुरु हुन अघि भने उनले सो झण्डालाई अझ ठुलो बनाउन चाहिने कपडा खरिद गर्न आफ्नो जग्गा समेत बिक्रि गरेका छन् । उनले यो बर्ष पहिला भन्दा झण्डाको आकार २ किलोमिटरले बढाएका छन् ।
६९ बर्षिय अम्जादले बंगलादेशको मगुरामा सयौं जर्मनी समर्थक र अन्य फुटबल समर्थकको अगाडि बिद्यार्थीको सहयोगमा सो झण्डा अनावरण गरेका हुन् । सो समारोहमा उपस्थित भएका मगुरा पुलिसका उप प्रमुख तरिकुल इस्लामले भने, ‘ ५.५ किलोमिटर लामो सो झण्डाले विद्यालयको मैदान कयौं पटक बेरेको थियो । अम्जादले आफ्नो सम्पत्ति बेचेर झण्डा बनाएका छन् । उनि एक सच्चा जर्मन समर्थक हुन् । ’

बंगलादेश क्रिकेट धेरै हेरिने देशमा पर्दछ । यद्दपी, हरेक ४ वर्षमा आउने विश्वकप फुटबललाई समेत यहाँ धेरै महत्व दिने गरिन्छ । ब्राजिल र अर्जेन्टिनाको समर्थन बंगलादेशमा धेरै रहेको बताइन्छ । यदि विश्वकप फुटबलमा जर्मनी दोस्रो चरणमा पुगेमा अम्जादले सो झण्डाले स्थानीय क्षेत्रमा रहेको रंगशालालाई घेर्ने निर्णय घोषणा गरेका छन् ।
‘मलाई जर्मन फुटबल मनपर्छ किनकी उनीहरु धेरै राम्रो फुटबल खेल्छन्,’ अम्जादले भने । अम्जादको जर्मनीप्रति को समर्थनलाई प्रशंसा गर्दा २०१४ मा उनलाई जर्मनीको राष्ट्रिय टोलीको आजीवन सदस्य समेत बनाइएको थियो । जर्मनी राजदूतावासका एक कर्मचारी तमारा कबिरले भने, ‘हामी केहि समय घाम लागिरहेको बेला झण्डाको मुनि हिडिरहेको थियौं । यो हाम्रो अहोभाग्य थियो । मैले आजसम्म यति लामो झण्डा भएको सुनेको छैन र मलाई लाग्छ यो नै सबैभन्दा लामो छ ।’
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]