8 years ago
June 7, 2018
विश्व फुटबलको कुम्भमेला विश्वकप फुटबल रसियामा सुरु हुन अब साता दिन पनि बाँकी छैन । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) को २ सय ४ सदस्य राष्ट्रमध्ये ३२ टोलीले रसिया विश्वकपमा टिकट काट्न सफल भएका थिए । यीनै ३२ टोलीबीच रसियाको विभिन्न ११ शहरको १२ रंगशालामा प्रतिस्पर्धा हुँदैछ । फुटबलमा राम्रो खेल्ने टोलीले मात्रै ज्तिछ भन्ने छैन । कहिलकाही अप्रत्यासित नतिजा निस्किरहेको हुन्छ । हामीले २० औं संस्करण सकिदासम्मका १० अप्रत्यासित नतिजालाई यहाँ केलाउने प्रयास गरेका छौं ।

१०. पोर्चुगल ५–३ दक्षिण कोरिया (१९६६)
सन् १९६६ मा इङ्ल्याण्ड घरले मैदानमा विश्वकपको उपाधि रक्षा गर्न सफल भयो । फाइनलमा घरेलु टोलीले पश्चिम जर्मनीलाई ४–२ ले पराजित गरेको थियो । तर त्यो यस विश्वकपमा पोर्चुगल र दक्षिण कोरियाबीचको खेल अप्रत्यासित बनेको थियो । पोर्चुगल त्यतिबेला युसिवो जस्ता विश्वस्तरीय खेलाडीको साथमा उत्रिएको थियो । उत्कृष्ट खेलाडीहरुको साथ रहेको पोर्चुगलको यसै विश्वकपमा डेब्यु गरेका दक्षिण कोरियासँग क्वार्टरफाइनलमा भेट भएको थियो ।
खेल निकै नै अप्रत्यासित बन्न पुग्यो । खेलको २५ मिनेट भित्र नै पोर्चुगल कोरियासँग ३–० ले पछि प¥यो । ३–० ले पछि परेपछि खेलमा फर्कन निक्कै गाह्रो हुने अनुमान गर्न सकिन्छ । तर, हार नमानेको पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्दै खेल ५–३ ले आफ्नो पक्षमा पार्न सफल भयो । उक्त खेलमा युसिवोले ४ गोल गरेका थिए ।सेमिफाइनलमा भने पोर्चुगल इंग्ल्याण्डसँग २–१ ले पराजित भएको थियो ।

९. उरुग्वे २–१ ब्राजिल (१९५०)
सन् १९५० को विश्व कपमा आयोजक राष्ट्र ब्राजिललाई निकै बलियो टोली मानिएको थियो । ब्राजिललाई त्यो बखत हार्न नजानेको टोलीका रुप लिइन्थ्यो । जिजिन्हो र एडिमिर जस्ता नाम चलेका खेलाडी रहेको ब्राजिली टोलीलाई निकै सशक्त बनाएको थियो । घरमै आयोजना विश्व कप जित्नेमा ब्राजिली समर्थक ढुक्क थिए । त्यतिबेलाका स्टार खेलाडी जिजिन्होले फाइनल खेल अघि अबको विश्व च्याम्पियन ब्राजिल भनेका थिए । नभन्दै ब्राजिल फाइनलमा पुग्न सफल भयो ।
माराकाना रंगशालामा २ लाख भन्दा बढी ब्राजिली समर्थक आफ्नो देशले उपाधि उचालेको क्षण हेर्न ओइरिए । खेलमा ब्राजिलले अल्विनो फ्राइकाको गोलबाट सुरुवाती अग्रता बनायो । १–१ गोलको बराबरीको अवस्थामा उरुग्वेका जिजियाले निर्णायक गोल गर्दा ब्राजिली समर्थक स्तब्ध बन्न पुगेका थिए । ब्राजिलको यो हारले ब्राजिलमा मात्र नभई विश्व फुटबलमा नै तरङ्ग पैदा हुन पुग्यो ।
८.अर्जेन्टिना २–१ इङ्ल्याण्ड (१९८६)
इङ्ल्याण्ड यो विश्वकपलाई भुल्न चाहन्छ । कारण समूह चरणमा फितलो प्रदर्शन अनि डिएगो म्यारोडोनाको हाते गोलले इङ्ल्यान्ड क्वार्टरफाइलबाटै बाहिरिनु परेको थियो । । समूह चरण जस्तो सुकै भएपनि इङल्याण्डले त्यतिबेला विश्वकप जित्ने अनुमान गरिएको थियो । राजनैतिक द्धन्द्ध चलिरहँदा क्वार्टरफाइनलमा अर्जेन्टिनासँग डिएगो म्यारोडोना र इङ्ल्याण्डमा ग्यारी लिनेकार जस्ता विश्वस्तरका दुई स्ट्राइकर आमनेसामने भएका थिए ।
इङ्ल्याण्डविरुद्ध म्यारोडोनाले गरेको पहिलो गोल निक्कै चर्चित छ । म्यारोडोना आफ्नो हातले गरेको उक्त गोललाई ‘ह्याण्ड अफ गर्ड’ को संज्ञा दिन्छन् । अर्जेन्टिनाले उक्त वर्ष जर्मनीलाई पराजित गर्दै विश्वकप जितेपनि जित भन्दा म्यारोडोनाको त्यही गोल नै बढी चर्चित भएको थियो ।

७. स्वीडेन २–५ ब्राजिल (१९५८)
सन् १९५० मा उरुग्वेसँग बेहोरेको अप्रत्यासित हारलाई बिर्सदै ब्राजिलले ८ वर्षपछि विश्वकप उपाधि जित्न सफल भयो । यही विश्वकपबाट ब्राजिलमा पेलेको उदय भयो ।
घरेलु भुमिमा स्वीडेनलाई च्याम्पियन बन्नबाट रोक्न ब्राजिलका १७ वर्षीय पेलेले महत्वपूर्ण योगदान दिए । त्यअघि पेलेले फ्रान्सविरुद्ध ह्याट्रिक, वेल्सविरुद्ध पनि गोल गरेपनि उनले फाइनलमा पहिलो रोजाइमा अवसर पाए ।
उनले फाइनलमा पनि २ गोल गर्दै नयाँ स्टारको रुपमा आफुलाई उभ्याए । खेलमा सुरुवाती अग्रता स्वीडेनले नै लिएको थियो । तर, युवा स्टार पेले र भाभा रहेको ब्राजिलले उत्कृष्ट खेल पस्कदै पहिलो विश्वकप जित्न सफल भयो । १७ वर्षीय पेलेले तहल्का मच्चाएको यो विश्वकप सम्झनायोग्य बनेको छ ।
६. ब्राजिल १–० इङ्ल्याण्ड (१९७०)
सन् १९७० को विश्व च्याम्पियन बन्दै ब्राजिल सर्वाधिक विश्वकप जित्ने पहिलो टोली बन्यो । सन् १९५८ मा पहिलो विश्वकप जितेको ब्राजिलले दोस्रोपटक सन् १९६२ मा विश्वकप जित्न सफल भएको थियो । पेलेको उदयपछि ब्राजिलले विश्व फुटबलमा तहल्का नै मच्चाउन सफल भयो । समूह चरणमा अघिल्लो विश्व विजेता तथा उपाधिको दाबेदार इङ्ल्याण्डलाई १–० ले पराजित सो खेल खेल उक्त विश्वकपको ‘रियल फाइनल’ बनेको थियो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा इङ्ल्याण्डको चुनौती जर्जिन्होले तोडेको थियो । पेले र जर्जिन्होलाई इङ्ल्याण्डका कप्तान बोबी मोरीले चल्न दिएका थिएनन् । अन्ततः जर्जिन्होले इंग्ल्याण्डको डेडलक तोड्न सफल भए । आफ्नो खेल करियरको अन्त्यतिर रहेका महान खेलाडी पेलेको प्रेरणामा रहेको ब्राजिलले फाइनलमा इटालीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्यो ।

५. पश्चिम जर्मनी ३–३ फ्रान्स (१९८२)
यस विश्वकपमा इटाली च्याम्पियन बन्न सफल भयो । इटालीको यो तेस्रो विश्वकप उपाधि हो । यसअघि इटाली सन् १९३४ र ३८ मा विश्वकप जित्न सफल भएको थियो । इटालीले फाइनलमा जर्मनीलाई ३–१ ले पराजित गरेर च्याम्पियन बनेपनि यो विश्वकपमा जर्मनी र फ्रान्सबीचको सेमिफाइनलको खेल निकै रोचक बनेको थियो । दुवै टोलीले निर्धारित समयमा १–१ गोलको बराबरी खेल्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
अतिरिक्त समयको आठ मिनेटभित्र फ्रान्सले २ गोल गरेपछि फ्रान्स ३–१ ले अघि बढेको थियो । नाटकीय बनेको खेलमा त्यसपछि भने जर्मनीले लगातार २ गाल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । रोचक बनेको पेनाल्टी सुटआउटमा जर्मनीले ५–४ ले बाजी मार्दै फाइनलमा स्थान बनाउन सफल भयो । पेनाल्टीमा फ्रान्सका सिक्स र बोसिसले गोल गर्न सकेनन् । जर्मनीका स्टिलाइक चुकेका थिए । निर्धारित समयको खेलमा विपक्षीको प्रहार बचाउने क्रममा जर्मनीका गोलरक्षक हराड स्कुमाचरको दुईवटा दाँत नै झरेको थियो । उनी आधा घण्टासम्म बेहोसी अवस्थामा रहेका थिए ।
४. ब्राजिल १–७ जर्मनी (२०१४)
ब्राजिलले दोस्रोपटक विश्वकपको आयोजना सन् २०१४ मा गरेको थियो । घरमै विश्वकपको उपाधि जित्ने अभियानमा रहेको ब्राजिललाई क्वार्टरफाइनल खेलमा धक्का लाग्यो आफ्नो स्टार खेलाडी नेयमारलाई गुमाएर । कोलम्वियाविरुद्धको खेलमा नेयमारको ढाँडमा चोट लागेको थियो । आफ्नो स्टार खेलाडीलाई गुमाएपनि ब्राजिल संयमित हुदै सेमिफाइनलमा जर्मनीसँग उत्रियो । उक्त खेल ब्राजिलले अप्रत्यासित रुपमा ७–१ ले गुमाउदा ब्राजिली समर्थकको आशु थामिएन ।
घाइते नेयमार र थियागो सिल्भाको अनुपस्थितिमा कप्तानी सम्हालेका डेभिड लुइसको हारपछि आशु थामिएन । नेयमार चोटग्रस्त हुनु अनि घरमै जर्मनीसँगको ७–१ को हार बेहोर्नु कुन समर्थकको लागि सहज होला र ? ब्राजिलले यस्तै नियति बेहो¥यो । सन् १९५० मा माराकानामा उरुग्वेसँग २–१ को अप्रत्यासित नतिजा बिर्सिरहेको ब्राजिललाई यो नतिजाले झस्काएको थियो ।
खेलको २९ मिनेट भित्र नै ब्राजिल ५–० ले पछि परेको थियो । प्रत्यक्ष प्रसारणमा रिप्ले देखाएको जस्तै ब्राजिलले लगतार गोल खाइरहँदा समर्थकहरु पत्याउनै मुस्किलमा थिए । त्यसपछि ब्राजिलले थप २ गोल खादा एक गोल फर्काउन सफल भयो । ब्राजिलका लागि ओस्करले सान्त्वना गोल गरे । यही विश्वकपबाट जर्मनीका मिरोस्लाभ क्लोज सर्वाधिक १६ गोलसहित विश्वकपको सर्वाधिक गोलकर्ता बने । उनले ब्रााजिल विरुद्धको खेलमा एक गोल गरेका थिए ।

३. इंग्ल्याण्ड ४–२ पश्चिम जर्मनी (१९६६)
इंग्लिस फुटबल यो विश्वकपलाई कहिल्यै भुल्न चहादैनन् । कारण इङ्ल्याण्डले घरमै विश्वकपको उपाधि राख्न सफल भएको थियो । विश्वकपको उपाधि जितेपछि वेम्वली स्टेडियममा हस्र्ट पिटर्स (हस्र्ट हस्र्ट) नारा गुन्जयमान भएको थियो । त्यतिबेला जियोफ हस्र्ट र पिटर्स विश्व फुटबलमा चर्चित थिए । उनै हस्र्टको ह्याट्रिक मद्दतमा इङ्ल्याण्डले जर्मनीलाई अतिरिक्त समयमा ४–२ ले पराजित गर्न सफल भएको थियो । घरेलु टोली १२ औं मिनेटमा पछि परेको थियो ।
हस्र्टले गोल गरेपछि खेल १–१ गालको बराबरीमा पुगेको थियो । ७८ औं मिनेटमा पिटर्सले गोल गरेपछि इङ्ल्याण्ड ानिर्धारित समयमै उपाधि नजिक पुगेको थियो । तर, खेल सकिन १ मिनेट बाँकी रहँदा वेवरले गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समयमा दुवै गोल हस्र्टको नाममा रह्यो । हस्र्टको विवादित दोस्रो गोल प्रश्न योग्य नै रहने गर्दछन् । फुटबलका कमेन्टेटर केन्नेथ वोल्सटेनहोल्मेले यो फाइनल खेललाई व्याख्या गर्दै भनेका थिए । ‘म यही बस्न चहान्छु, किन कि यहाँ हस्र्ट छ । उनले एक खेलमा तीन गोल गरेका छन् । फाइनलमा मात्रा ४ गोल ।’
२. इटाली ३–२ ब्राजिल (१९८२)
सन् १९८२ मा इटाली र ब्राजिलबीचको त्यो खेल न त फाइनल थियो, न त सेमिफाइनल न त क्वार्टरफाइनल न त प्रि–क्वार्टरफाइनल । दुई शक्तिशाली टोली इटाली र ब्राजिलबीचको यो खेल समुह चरणको दोस्रो चरणको थियो । दुई शक्तिशाली राष्ट्रबीचको यो खेल ‘आक्रमण र डिफेन्स’ को खेल बनेको थियो । दुवै टोलीलाई नकआउट चरण पुग्न यो खेल जित्नै पर्ने दबावमा थियो ।
सुरुवाती समूह चरणका ब्राजिल शतप्रतिशत जित निकालेर दोस्रो चरणका स्थान बनाउदा इटाली तीनै खेलमा बराबरीमा रोकिदै दोस्रो चरणमा प्रवेश गरेको थियो । रोसीको गोलबाट इटालीले अग्रता बनाएको थियो । सोक्रेटेसले बराबरी गोल फर्काउदा रोसीले फेरि गोल गर्दै अन्तर बढाएका थिए । फल्काओले फेरि बराबरी गर्दा रोसीले ह्याट्रिक गोल गर्दै ब्राजिलर्ला स्तब्ध बनायो । अन्तत यो विश्वकप इटालीले पश्चिम जर्मनीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएको थियो ।

१. इटाली ४–३ पश्चिम जर्मनी
त्यो विश्वकपमा ब्राजिल च्याम्पियन बन्न सफल भयो । ब्राजिल च्याम्पियन बनेपनि इटाली र पश्चिम जर्मनीबीचको खेल निकै सम्झनायोग्य बन्न पुग्यो । डेली मेलले सम्झनायोग्य खेलको रुपमा यो खेललाई शीर्ष स्थानमा राखेको छ ।
इटाली जित नजिक पुगेपनि इन्जुरी समयमा स्केनलिङ्गरले गोल गर्दै खेललाई अतिरिक्त समय धकेलेको थियो । निर्धारित समयमा २ गोल निस्कदा बाँकी ५ गोल थप गरिएको समयमा निस्किएको थियो । अतिरिक्त समयको २१ मिनेटभित्र ५ गोल सम्भव भएको थियो । सम्भवत अतिरिक्त समयमा भएका ५ गोल विश्व फुटबलमा दुर्लभ गोल हो । त्यसैले खेल पुस्तौ पुस्ताले सम्झनेछन् ।

December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]