8 years ago
June 7, 2018
ब्रसेल्स (एजेन्सी) – गए राति खेलिएको विश्वकप मैत्रीपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३-० को फराकिलो अन्तरले हराएको छ । दुवै टोलीले आफ्ना बलियो सुरुवाती ११ उतारेका थिए तर इजिप्टका लागि घाइते मोहम्मद सलाह खेलमा उपस्थित थिएनन् ।
बेल्जियमले खेलको २७ औं मिनेटमै अग्रता लिन सफल भएको थियो । कप्तान इडेन हाजार्डको प्रहार इजिप्टका गोलरक्षकले राम्ररी समात्न नसकेपछि स्ट्राइकर रोमेलु लुकाकुले सो अवसरको फाइदा उठाउंदै टोलीलाई अग्रता दिलाए ।
त्यस्तै पहिलो गोलको १० मिनेटमै यानिक कारास्कोको पासमा हाजार्डले गोल गर्दै स्कोर २-० बनाए । दोस्रो हाफमा प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो दोस्रो रोजाईका खेलाडीहरुलाई अवसर दिएका थिए । खेलको अन्तिम मिनेटतिर मिची ब्याटसुवायीको पासमा मरोआइने फेलाइनीले गोल गर्दै बेल्जियमको सहज जित सुनिश्चित गरे ।
अघिकांश खेलमा बेल्जियमले खेल नियन्त्रणमा राखेको थियो । बेल्जियम विश्वकप समूह ‘जी’मा इंग्ल्यान्ड, पानामा र टुनिसियासँग रहेको छ भने इजिप्ट समूह ‘ए’मा आयोजक रुस, साउदी अरेबिया र उरुग्वेसँग रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]