8 years ago
June 7, 2018
रियो दि जेनेरियो (एजेन्सी)– पाँच पटकको विश्व कप विजेता ब्राजिल यस पटक पनि बलियो दाबेदार मध्ये एक मानिन्छ । तर, सोही देशका महान खेलाडी पेलेले भने टोली प्रति पूर्ण रुपमा विश्वास गर्न सकेनन् । टोलीबाट प्रभावित हुन नसकेको उल्लेख गर्दै उनले भनेका छन्,‘ हामीसँग अहिले पनि सहि टोली छैन ।’
यपद्दी टिटेले प्रशिक्षण सम्हालेयता टोलीले उच्च प्रदर्शन गर्दै आएको छ । झन्डै दुई वर्षको अवधिमा खेलिएका २० मध्ये टोलीले एउटा खेल मात्र हारेको छ । टिटेसँग पेले पनि प्रभावित छन् । तर, उनको भनाई कुनै एउटा व्यक्तिले मात्र नभई पुरा टोलीले विश्व कप जिताउने भएकाले त्यसबाट बढी केन्द्रित हुनु पर्ने बताउँछन् ।
‘टिटेको क्षमतामा मलाई पुरा विश्वास छ । तर, विश्व कप सुरु हुन अब केहि दिन मात्र बाँकी छ । यस्तोमा हामीसँग सहि टोली छैन,’ पेलेले भने‘ मेरो चिन्ता त्यसमा हो । व्यक्तिगत रुपमा सबै क्षमतावान खेलाडी छन् । तर एउटा टोलीका रुपमा हामी पूर्ण छैनौं ।’
क्लब फुटबलका दौरान खुट्टामा चोट लागेपछि नेयमारका विषयमा समर्थकहरु निकै चिन्तित थिए । तर, हालै क्रोएसियाविरुद्धको खेलमार्फत पुनरागमन गर्ने क्रममा नेयमारले गोल गरेपछि शुभचिन्तकहरु उत्साहित भएका छन् ।
तीन पटकको विश्व कप विजेता पेलले नेयमारलाई विश्व कप जित्ने क्षमतावान खेलाडीको संज्ञा दिएपनि व्यक्तिगत क्षमताका आधारमा नभै टोली राम्रो भएर हुनु पर्ने बताए ।
‘मेरा लागि नेयमार विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन् । अहिले उनी पहिला भन्दा पनि परिपक्व र अनुभवी भएका छन्, उनले थपे,‘ तर विश्व कप व्यक्तिगत क्षमता प्रदर्शनका लागि मात्र होइन । विश्व कप टिमले जित्ने हो । ’
पेलेले आफ्नो समयमा ब्राजिल सफल यसै नभएको उदाहरण पेश गरे । सन् १९७० को ब्राजिलियन टोलीले अहिले सम्मकै उत्कृष्ट मानिन्छ । तत्कालिन टोलीका सदस्य टासाटो, रिभेलिनो, ग्रेसन र पेले त्यति बेला आ आ आफ्नो क्लबमा १० नम्बर जर्सी लगाउथे ।
पेलेले भने,‘ त्यो विश्व कपका लागि हामीले ६ महिना भन्दा बढी समय सँगै विताएका थियो । त्यसैले सफलता प्राप्त गर्न सकेका थियौं । ‘यसपटकको विश्व कपमा ब्राजिल समूह इ स्विट्जरल्यान्ड, कोस्टा रिका र सर्बियासँग छ । ब्राजिलले जुन १७ मा पहिलो खेल खेल्नेछ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]