default_image

8 years ago

June 7, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी: नम्बर ८ – किलियन बाप्पे

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व खेलकुदको सबैभन्दा लोकप्रिय प्रतियोगिता, फुटबलको महाकुम्भ विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । हाम्रो खेलकुद डटमकको ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ को सुचीको नम्बर ८ मा रहेका छन् फ्रान्सका फरवार्ड किलियन बाप्पे ।

दुई वर्ष अगाडीसम्म किलियन बाप्पे विश्व फुटबल नसुनिएको नाम थियो । तर दुई वर्षमा १९ वर्षे किलियन बाप्पे संसारकै उत्कृष्ट खेलाडीको रुपमा उदाएका छन् ।

आफ्ना गतिका लागि चिनिने बाप्पे विपक्षी रक्षकलाई छक्याउन माहिर छन् । आर्सनलका प्रशिक्षक आर्सन वेंगरले उनलाई पूर्व स्टार थिएरी हेनरीसँग पनि तुलना गरेका छन् ।

यस भन्दा अघिल्लो सिजन उनले मोनाकोका लागि ४४ खेलमा २६ गोल गरेका थिए । उनको प्रदर्शनको मद्दतले मोनाकोले १७ वर्षमा पहिलो पटक लिगको उपाधि जित्यो भने टोलीले च्याम्पियन्स लिगमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।

अघिल्लो सिजन पिएसजीबाट खेल्दा उनको खेल अझै परिपक्व देखियो । सबै प्रतियोगितामा १७ गोल र ११ असिस्ट गर्दै पिएसजीलाई उपाधि पनि जिताउन सफल भएका बाप्पेलाई अब नयां चुनौति रहेको छ – फ्रान्सलाई २० वर्षमा पहिलोपटक विश्वकप जिताउने ।

यही वर्षदेखि फ्रान्सको टोलीमा खेल्न सुरु गरेका बाप्पेको सुरुवाती ११ मा स्थान पक्का नै रहेको छ । उनले अग्रपंक्तिको दायाँ विङ सम्हाल्ने छन् र एन्टोइन ग्रिजम्यान र ओलिभर जिरुडजस्ता अनुभवी नामहरुलाई साथ दिने छन् ।

फ्रान्स यस पटक बलियो दाबेदारको रुपमा पनि हेरिएको छ । फ्रान्ससँगै ब्राजिल, जर्मनी, स्पेन र अर्जेन्टिना उपाधियोग्य राष्ट्रका रुपमा हेरिएका छन् । युवा बाप्पे लयमा छन् र आफुलाई फुटबलमा अर्को ठुलो नामको रुपमा स्थापित गर्ने हो भने यो विश्वकपभन्दा ठूलो मौका बाप्पेलाई आउने छैन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.