default_image

8 years ago

June 10, 2018

मेस्सीको नेयमार मोह

97 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनामा रहँदा ब्राजिलियन नेयमार र अर्जेन्टाइन सुपर स्टार लियोन मेस्सीबीच राम्रो सम्बन्ध थियो । ४ सिजनसँगै बिताएपनि यो सिजनको सुरुवातमा नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । कतिपयले मेस्सीकै छायाँबाट मुक्त हुन नेयमार पिएसजी पुगेको अनुमान गरेका थिए ।

messi neymar

तर, पिएसजी पुगेको केहि महिना नवित्दै नेयमार पुनः स्पेन फर्कने चर्चा सुरु भएको थियो । यद्दपी स्पेन फर्कदा उनी बार्सिलोनाका लागि नभई चिर प्रतिद्धन्द्धी क्लब रियल म्याड्रिड रोज्न सक्ने अनुमान गरिएको छ ।

पुन नेयमारसँगै खेल्ने सम्भवानाका विषयमा सोधिएको एक प्रश्नमा मेस्सीले भने, ”व्यक्तिगत रुपमा उनी बार्सिलोना फर्के भने मलाई खुसी लाग्छ । उनी असाधारण खेलाडी हुन् । उनी फर्के भने त्यो हाम्रा लागि उत्कृष्ट क्षण हुनेछ ।”

तर, तथ्यलाई मान्ने हो भने उनी फर्कने सम्भावना कम रहेको मेस्सीले बताए । उनले भने, ”तर, पनि उनी फर्किए भने साच्चै सुखद हुनेछ । म खुसी हुनेछु । रियलमा जाने विकल्पका विषयमा सोधिएको प्रश्नमा मेस्सीको जवाफ थियो, यदि उनी रियल गए भने साच्चै भनौं त्यो पटक्कै राम्रो लाग्ने छैन ।”

नेयमार र मेस्सी यति बेला विश्व कप तयारीमा जुटेका छन् । चोट मुक्त भएर फर्केका नेयमार र लयमा रहेका मेस्सीबाट विश्व कपमा उच्च प्रदर्शनको अपेक्षा गरिएको छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.